निजी क्षेत्रले पनि ल्याए ६ सय थान ठूला खालका अक्सिजन सिलिण्डर

तातोपानी : हिजो (सोमबार) २५ सय थान १० लिटर क्षमताका अक्सिजन सिलिण्डर भित्रिएको तातोपानी नाकामा आज ६ सय थान ४० लिटर क्षमताको सिलिण्डर पनि आएका छन्। सिल्क ट्रान्सपोर्टले ढुवानी गरेको यी सिलिण्डर पनि नेपा हिमा ट्रेड लिंकले आयात गरेको हो।

चीनबाट आजै दुई वटा कन्टेनरमा अक्सिजन सिलिण्डर तातोपानी भन्सार कार्यालयमा ल्याइएका हो। भन्सार प्रक्रिया सकेर ती सिलिण्डर पनि आजै काठमाडौं पठाइने तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारद गौतमले बताए ।

‘तातोपानी भन्सार कार्यालयको आग्रहमा चिनियाँ क्षेत्रबाट स्वास्थ सामग्री क्युमा बस्नु पर्ने गरी आउन पाउने व्यवस्था मिलाइएको छ,’ प्रमुख गौतमले भने, ‘जसले गर्दा यो विषम परिस्थितिमा अरु सामग्रीको तुलनामा छिट्टै हाम्रो भन्सार कार्यालयमा आइपुग्छन्,’ यसबाट नेपालमा फैलिएको कोरोना महामारीमा परेका जनताको स्वास्थ्य उपचारमा महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको उनले बताए।

नेपाल सरकारले १८ हजार थान अक्सिजन सिलिण्डर चीनबाट अनुदानमा ल्याउने भने पनि सो आउन सकेको छैन। तर निजी क्षेत्रले भने सिलिण्डरसहित अन्य स्वास्थ्य सामग्री भित्र्याइरहेका छन्।

निजी क्षेत्रले पनि ल्याए ६ सय थान ठूला खालका अक्सिजन सिलिण्डर

इस्लामिक जिहादका कमाण्डर मारिएका इजरायली सेनाको दाबी

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds