कमला न्यौपानेको गीत ‘किनाराको ढुङ्गा’ सार्वजनिक
काठमाडौं । कवि तथा गीतकार कमला न्यौपानेको ‘किनाराको ढुङ्गा’ बोलको गीत सार्वजनिक भएको छ ।
नेपाल आइडल सिजन ३ की विजेता सज्जा चौलागाईंको आवाज रहेको उक्त गीतमा चर्चित संगीतकार न्यू बज्राचार्यले संगीत दिएका छन् ।
संगीतकार बज्राचार्यको आफ्नै यूट्युब च्यानलमा सार्वजनिक गरिएको गीतमा गीतकार कमला न्यौपानेले उक्त गीतमा आफूले प्रेमजस्तो संवेदनशील कुरालाई उत्तिकै सम्मान सहित जीवनसँग जोडेको बताइन् ।
यसअघि पनि न्यौपानेको विभिन्न गीति एल्बम र जंगलको यात्रा नामक कविता संग्रह प्रकाशित भैसकेको छ।





