सल्यानमा दुई महिना पुग्ने खाद्यान्न

सल्यान : उद्योग वाणिज्य संघ सल्यानले दुई महिनासम्म खाद्यान्नको अभाव नहुने बताएको छ । निषेधाज्ञा घोषणा गरेसँगै खाद्यान्न अभाव हुने धेरैको शंका रहेका बेला संघ दुई महिनासम्म यथेष्ट पुग्ने बताएको हो।

सल्यानमा अहिले दुई हजार १३५ क्विन्टल चामल, ८९५ क्विन्टल नुन, दुई हजार ४९० गत्था तेल, २३३ बोरी दाल रहेको संघका अध्यक्ष कुमार बुढाथोकीले जानकारी दिए। यस्तै, २६० बोरा मैदा, ४२५ क्विन्टल चिनी, १३५ बोरा चिउरा र एक हजार ३१० वटा ग्यास सिलिन्डर रहेको उनले बताए ।

दैनिक उपभोग्य बस्तुको अभाव नहुने भएकाले आवश्यकताभन्दा बढी बस्तु सञ्चय नगर्न संघले आग्रह गरेको छ। ‘निषेधाज्ञा थपिन्छ कि भनेर आवश्यकताभन्दा धेरै खाद्यबस्तु स्टक राख्दा अभाव बढ्छ,’ उनले भने, ‘त्यैसैले आफूलाई तत्काल चाहिने मात्र सामान लिँदा हुन्छ। खाद्यान्न अभाव हुँदैन ।’

प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी होमागाईंले खाद्यन्न आपूर्तिलाई सहज बनाउन पास दिने व्यवस्था गरिएको बताइन् । अहिले दैनिक उपभोग्य बस्तुको अभाव नरहेको र अभाव हुन नदिन उद्योग वाणिज्य संघसँग समन्वय भइरहेको उनको भनाइ छ। खाद्यान्न, निर्माण सामग्री, पशुपंक्षीको दाना, अण्डा, घाँसका लागि सहज रुपमा पास दिने व्यवस्था गरिएको होमागाईंले बताइन् ।

सल्यानमा दुई महिना पुग्ने खाद्यान्न

ला लिगा : बार्सिलोना बराबरीमा रोकियो

सल्यानमा दुई महिना पुग्ने खाद्यान्न

काबुलको एक विद्यालयबाहिर विस्फोट, ५५ जनाको मृत्यु

Leave a comment

Your email address will not be published. Required fields are marked *