काबुलको एक विद्यालयबाहिर विस्फोट, ५५ जनाको मृत्यु

एजेन्सी । अफगानिस्तानको राजधानी काबुलस्थित एक विद्यालयबाहिर विस्फोट हुँदा कम्तीमा ५५ जनाको ज्यान गएको छ। १५० जनाभन्दा धेरै मानिस घाइते भएका छन्।

विस्फोट कसले र किन गरायो भन्ने अझै खुलेको छैन। त्यहाँको गृह मन्त्रालयका प्रवक्ता तारिक अरियानले घटनाबारे पुष्टि गरेका छन् ।

धेरै जनालाई गम्भीर अवस्थामा अस्पताल पुर्‍याइएकाले ज्यान गुमाउनेको संख्या बढ्नसक्ने आशंका गरिएको छ। घाइतेमध्ये अधिकांश छात्राहरू छन् ।

पछिल्लो विस्फोट काबुलको केन्द्रबाट पश्चिमतर्फ पर्ने दश्त–ए–बार्चीको एक विद्यालयबाहिर भएको हो। विद्यार्थीहरू आवतजावत गरिरहेकै बेला विस्फोट भएको थियो ।

अरू मानिसहरू पनि रमजानको इद–उल–फित्र मनाउन आवश्यक सामान खरिद गर्न त्यहाँ वरपर थिए।

विस्फोट भएको क्षेत्रमा शिया हजरा समुदायको बाक्लो बसोबास रहेको छ। हालैका वर्षमा यो समुदायलाई चरमपन्थी समूह इस्लामिक स्टेट्सले निशाना बनाइरहेको छ।

काबुलको एक विद्यालयबाहिर विस्फोट, ५५ जनाको मृत्यु

सल्यानमा दुई महिना पुग्ने खाद्यान्न

Leave a comment

Your email address will not be published. Required fields are marked *