हामीले छोडेको २० महिनामै प्रचण्ड धुलोपिठो भए विप्लव
काठमाडौं, २५ फागुन ।
नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले आफूहरुले छोडेको २० महिनामै प्रचण्ड धुलोपिठो भएको बताएका छन् । अखिल नेपाल महिला संघ क्रान्तिकारीको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘प्रचण्ड कमरेडले के भन्नुभएछ हामीसँग सहकार्य गरेका एकजना कमरेडलाई बोलाएर 
फलानाजी २० वर्ष प्रचण्डलाई कसैलाई हल्लाउन सक्दैन जोरी नखोजे हुन्छ । हामीले छाडेको २० महिनै लागेन प्रचण्ड धुलोपिठो हुनलाई,’ उनले भने । विगतमा प्रचण्डको एक अपिलमा धेरै सहिद हुन तयार हुने गरेको स्मरण गर्दै महासचिव विप्लवले केही
दिनअघि माधव नेपाल नभएको भए जोगी भइसक्थेँ भन्ने अवस्थामा पुगेको बताए । उनले प्रचण्डले सहिद र बेपत्ता परिवारलाई बिर्सेको आरोप पनि लगाए । प्रचण्ड र केपी ओलीको गठबन्धनलाई जनताले बहुमत दिए पनि भागबन्डामै लडाइँ केन्द्रित हुँदा एक वर्षमै विवाद सुरु भएको बताए ।





