व्यवसायीमा छायो चुनावी रौनक

सल्यान, २५फागुन ।

उद्योग बाणिज्य संघ सल्यानको अधिवेशन यहि २९ गते तोकिएपछि चुनावी प्रचारप्रसार व्यापक पारिएको छ । विगत तीन बर्षभन्दा बढि सल्यान उद्योग बाणिज्य संघको नेतृत्व सम्हाली सकेका निबर्तमान वरिष्ठ उपाध्यक्ष कुमार बुढाथोकीको नेतृत्वमा संयुक्त व्यवसायिक प्यानलका अध्यक्षका उम्मेदवार लगायतको टिमलाई बनगाड कुपिण्डे नगरपालिकाका नगर प्रमुख गोविन्दकुमार पुन र व्यापारीले   

स्वागतसँगै शुभकामना तथा बधाई दिएका छन् । शुक्रबारदेखि जिल्ला केन्द्रित चुनाब प्रचारप्रसारमा लाई तिब्रता दिएको उक्त टिम सोमवार विहान सल्लिवजारमा व्यापारीहरुको घरमै पुगेर आफ्ना चुनावी ऐजेण्डा प्रतिवदता जाहेर गर्दै मत दिन आग्रह गरेका छन् । बाणिज्य संघको चुनाबको लागी दुई प्यानल नेपाली काँग्रेस, केपि समुह र राप्रपा बिचको सहकार्यमा संयुक्त व्यवसायिक प्यानल र माधब प्रचण्डको

प्रगतिशिल प्यानल बनाएर चुनावमा होमिएका छन् । व्यवसायिक एकता आजको आवश्यकता, आर्थिक समृद्धि र पारदर्शिता भन्ने मुल नाराका साथ संयुक्त व्यवसायिक प्यानलले प्रचारप्रसारमा व्यापकता दिइको छ गत बर्षको नेतृत्वमा पुरा हुन नसकेका कामहरुलाई पुरा गर्ने उद्देश्यले निर्बाचनमा होमिएको अध्यक्षका दाबेदार कुमार बुढाथोकीको दावी छ । व्यवसायिक एकता, हकहित, पर्यटन, महिला लघु उद्यम,

एकद्वार प्रणाली, आर्थिक बिकास, व्यवसायिक सुरक्षा लगायतका प्रमुख प्रतिबद्धता लिएर उद्योगी, व्यवसायी, ब्यापारी माझ गईरहेको महासचिबका उमेदवार रुपक बुढाले बताए ।

व्यवसायीमा छायो चुनावी रौनक

हिमपातका कारण हवाई उडान अवरुद्ध

व्यवसायीमा छायो चुनावी रौनक

हामीले छोडेको २० महिनामै प्रचण्ड धुलोपिठो भए

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds