राकमकर्णालीमा बन्दै ट्रमा सेन्टर केन्द्र सरकारले बल्ल पठायो बजेट, प्रदेश सरकार अझै अन्यौलमा

सुर्खेत, २५ फागुन ।

दैलेखको राकम कर्णालीमा ट्रमा सेन्टर स्थापनाको प्रक्रिया अगाडि बढेको छ । कर्णाली राजमार्गमा हुने दुर्घटना र त्यसपछिको उपचारलाई मध्यनजर गर्दै केन्द्र र प्रदेश सरकारले आठविस नगरपालिका–४ को राकम कर्णालीमा ट्रमा सेन्टर स्थापना गर्ने योजना अघि सारेका छन् । चालु आर्थिक वर्षमा केन्द्र र प्रदेश सरकारले राकममा ट्रमा सेन्टर स्थापना गर्ने योजना ल्याएका थिए । दुर्घटनाबाट हुने मृत्युदरलाई 

न्यूनिकरण गर्ने उद्देश्यले एकैपटक केन्द्र र प्रदेश सरकारको राकम कर्णालीमा ट्रमा सेन्टर स्थापना गर्ने योजना ल्याएको हुन् । ट्रमा सेन्टरका लागि केन्द्र सरकारले ५० लाख रुपैयाँ र प्रदेश सरकारले एक करोड ४० लाख बजेट बिनियोजन गरेका छन् । तर कार्यक्रम कार्यान्वयनमा भने केन्द्र सरकारले बल्ल ५० करोड बजेट स्थानीय तहलाई पठाइ सकेको छ । सोही अनुसार चालु आर्थिक वर्षबाटै सेवा प्रवाह गर्नेगरी

आठविस नगरपालिकाले राकम स्वास्थ्यचौकीको स्तरोन्नति गर्न लागेको नगरप्रमुख खड्कराज उपाध्यायाले जनाए । पूर्वाधार थपका लागि बायोलोजिकल अध्ययनपछि स्वास्थ्यचौकीको स्तरोन्नति गर्ने, भेन्टिलेटर, आइसीयू लगायतका उपकरणहरु थप्ने

योजना नगरपालिकाले बनाएको छ । तर ट्रमा सेन्टर स्थापना गर्ने कार्यक्रम कार्यान्वयनका लागि कर्णाली प्रदेश सरकारले अझै अन्यौलमा देखिएको छ । प्रदेशले ट्रमा सेन्टर स्थापनाको लागि छुट्याएको एक करोड ४० लाख बजेट अझै स्थानीय तहलाई उपलब्ध गराएको छैन । प्रदेश र स्थानीय तहका पदाधिकारीबीच ट्रमा सेन्टर

स्थापनाका लागि पहिलो चरणको छलफल सकिएको छ । तर सामाजिक विकास मन्त्रालयले भने बजेट स्थानीय तहलाई कहिले उपलब्ध गराएउने भन्ने टुङ्गो छैन । ‘मन्त्रालय र स्थानीय तहका पदाधिकारीबीचको छलफलमा बजेट स्थानीय तहलाई नै उपलब्ध गराउने सहमति भएको छ’ मन्त्रालयका तथ्याङ्क अधिकृत विनोद आचार्यले

भने, ‘मन्त्रालयले बजेट छिट्टै स्थानीय तहलाई पठाउँछौँ ।’ तर बजेट कहिले स्थानीय तहमा पठाउने भन्ने एकीन भने छैन । मन्त्रालयले ट्रमा सेन्टर स्थापनाका लागि स्पष्ट कार्ययोजना बनाउने र सोही योजना कार्यान्वयन गराउनका लागि बजेट स्थानीय तहलाई उपलब्ध गराउने जनाएको छ ।
स्वास्थ्यचौकीको स्तरोन्नति
यस्तै छुट्टै ट्रमा सेन्टर संचालनमा ल्याउने गरी राकम स्वास्थ्यचौकीको स्तरोन्नति गरिएको छ । ट्रमा सेन्टरलाई लक्षित गर्दै ल्याव, एक्सरे र भिडियो एक्सरे मेसिन लगायतका सेवाहरु थप गरेर स्वास्थ्यचौकीको स्तरोन्नति थालिएको हो ।

नगरपालिकाले चालु आर्थिक वर्षमा १८ लाख ५८ हजार आठसय रुपैंयामा एक्सरे गर्ने मेसिनहरु खरिद गरेको हो । स्तरोन्नति अनुसार सेवा विस्तारका लागि राकम कर्णालीमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले डा. कृष्ण भुसाललाई खटाएको

छ । १५ शैयाको अस्पताल छिट्टै स्तरोन्नति गरेर ट्रमा सेन्टर (अस्पताल) बनाइने छ । प्रदेश सरकारको समन्वयमा जनशक्ति तथा आवश्यक उपकरण पनि थप गर्ने तयारी रहेको नगर स्वास्थ्य शाखा प्रमुख देवराज तिमिल्सेनाले जनाए ।
कुमालखाडामा शिक्षण अस्पताल
यस्तै आठविस नगरपालिका–३ को कुमालखाडामा एकसय शैया बेडको शिक्षण अस्पताल बन्ने भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र आठविस नगरपालिकाले राकममा शिक्षण अस्पताल खोल्ने गृहकार्य अघि बढाएका हुन् । अस्पतालले ट्रमा सेन्टर, अछाम, दैलेख, कालिकोटलगायत जिल्लाका नागरिक प्रत्यक्ष रूपमा लाभान्वित हुने अपेक्षा गरिएको छ । प्रतिष्ठानले चिकित्सा शिक्षा अन्तर्गत

एमबीबीएस र एमडीजीपी तहका पठनपाठन गर्न आवश्यक भौतिक एवं जनशक्ति तयार गरिसकेको छ । जसका लागि स्थानीय तहले वडा नं. ३ जाक्सीको कुमालखाडामा ४० रोपनी जग्गा नगरपालिकाले आफ्नो नाममा लिने प्रक्रिया थालेको

नगरप्रमुख खड्कराज उपाध्यायले जनाए । ‘शिक्षण अस्पताल खोल्नका लागि जग्गा प्राप्तिको काम अगाडि बढाएका छौं’ नगर प्रमुख उपाध्यायले भने, ‘४० रोपनी जग्गा मध्ये २८ रोपनी जग्गा नाममा आइसकेको छ ।’ बाँकी १२ रोपनी जग्गा पनि छिट्टै प्राप्ति हुने उनको भनाइ छ ।
‘मेडिकल हव बनाउँछौं’
आठविस नगरपालिकाले भने राकम कर्णाली क्षेत्रलाई स्वास्थ्यको ‘हव’ को रुपमा विकास गरिने जनाएको छ । दैलेखको पश्चिम क्षेत्र, कालिकोट र अछामलाई केन्द्रमा राखेर राकम क्षेत्रलाई मेडिकल हवका रुपमा विकास गरिने अठोट नगरपालिकाले

लिएको छ । ‘राकम पश्चिमको केन्द्रविन्दु हो’ नगरप्रमुख उपाध्यायले भने, ‘संघ र प्रदेशको सहयोग पाएमा राकमलाई मेडिकल हवका रुपमा विकास गर्छाैं ।’ कर्णाली

राजमार्गको मध्यविन्दु र नयाँ शहरी योजनामा परेका राकमलाई स्वास्थ्य क्षेत्रको हवका रुपमा विकास गर्न आवश्यक रहेको उनको ठहर छ । शिक्षण अस्पताल र ट्रमा सेन्टर सञ्चालनका लागि नगरपालिकाले इमान्दारितापूर्वक काम गर्ने उपाध्यायको अठोट छ ।

राकमकर्णालीमा बन्दै ट्रमा सेन्टर केन्द्र सरकारले बल्ल पठायो बजेट, प्रदेश सरकार अझै अन्यौलमा

सुनसान रातमा भिआइपीको भव्य स्वागत

राकमकर्णालीमा बन्दै ट्रमा सेन्टर केन्द्र सरकारले बल्ल पठायो बजेट, प्रदेश सरकार अझै अन्यौलमा

हिमपातका कारण हवाई उडान अवरुद्ध

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds