रुकुमपश्चिममा धान रोपाई सुरु

रुकुमपश्चिममा  ।  रुकुमपश्चिममा बिभिन्न ठाउमा रोपाई सुरु गरिएको छ । बर्षात लागेर मूल ठुलो भएपछी पानीको मात्रा बढेपछि त्यहाका किसानले मन भरि माया लिएर धान रोपाई सुरु गरेको बताएको छ ।

बिगतमा लामो समय देखि खडेरीका कारण समयमा धान रोपाई नभएका ठाउमा यस बर्ष समयमै पानि परेपछि धान रोपाई सुरु गरिएको बाफिकोट गाउपालिका वडा नम्बर ४ का किसान प्रशान्त जैसीको भनाई छ ।

जिल्लाको चौरजहारी नगरपालिका , बाफिकोट गाउपालिका , आठबिसकोट नगरपालिका र त्रिबेणी गाउपालिकाका किसानहरु जेठको २३ गत्तेबाट धान रोप्न लागेका हुन । मानो रोपेर मुरी फलाउने किसानहरु यस बर्ष कोरोणाको कहर संगै धान रोप्नमा ब्यस्थ भएको चौरजहारी नगरपालि ९ का कृषक डिल्ली कंवरले जानकारि दिए । उनले यस बर्ष कुनै पनि स्थानीय तहको कृषि बिकाश शाखाले धानको बिउ वितरण नगरेको बताए ।

किसानले यस बर्ष निजि एग्रोभेट बाट हाईब्रेड धान महँगो रुपमा खरिद गरि बिउ बनाएर रोपाई सुरु गरेको बताउछन । किसानले यस बर्ष बिभिन्न एग्रोभेटबाट युस ३१२ , उपज , हाईब्रेड २२४५ , लगायत बिउ रोप्ने गरेको बाफिकोटमा संचालित मेनुका एग्रोभेटका संचालिका मेनुका कंवर योगी खत्रीले बताईन ।

यस बर्ष कुनै पनि स्थानीय तहले धानको बिउ खरिद नगरिएको बाफिकोट कृषि बिकाश शाखाका कार्यालय प्रमुख लोकेन्द्र ओलीले बताए ्र यस बर्ष कोरोणाको दोस्रो लहर चले संगै सबै सरकारी कार्यालय बन्द भएकाले खरिद नगरिएको कार्यालय प्रमुख ओलीले बताए ।

निषेधआज्ञाले शहरबजार संगै ग्रामीण क्षेत्रसमेत सुनसान रहेका बेला बाफिकोट गाउपालिका ३ सीमका किसान यतिबेला धान रोप्न चटारो परेको छ । असार महिना जस्तै जेठको महिनामै किसान ब्याडमा राखेको बिउ काट्न ब्यस्थ देखिन्छन । रोपार्निले धमाधम रोपिरहेका छन । जुवा हलो र गोरुको सहायतामा हलारिले जोतिरहेको त्यहाँका अब्बल किसान रतिभान केसीको भनाई रहेको छ ।

जेठको तेस्रो साता नै यहाँका किसानले आफ्नो खेताबारिमा धमाधम धान रोपाई गरिरहेका छन । कोरोणा संक्रमणबाट जोगिन हरसम्भव प्रयास गरेका स्थानीय बासिले बिभिन्न गित गाउदै रोप्दा आसपासको क्षेत्रमा समेत रमाईलो माहोल बनाईरहेको स्थानीयको भनाई छ । यस बर्षको रोपाई असार १५ गत्ते दहि चिउरा खाएर समापन गर्ने चलन छ ।

रुकुमपश्चिममा धान रोपाई सुरु

होटलमा बन्धक बनाएर राउटे युवतीमाथि यौन दुव्र्यवहार

रुकुमपश्चिममा धान रोपाई सुरु

बाफिकोटको बुरालमस्ट मन्दिरमा चोरि

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds