चुनौती चाँडै पार गर्न सकिने राजेशको आशा

नायक राजेश हमाल गतबर्ष नै चलचित्र ‘सत्यम्’को छायांकन सुरु गर्ने तयारीमा थिए । ४ बर्षपछि नेपाली चलचित्रमा फर्किन लागेका नायक हमालको यो चलचित्रको छायांकन विविध कारणले हुन सकेन । चलचित्रका लागि नायिका अझै फाइनल भएकी छैनन् ।

नायक राजेश हमालले भने यो चलचित्रका लागि तयारी तिव्र रुपमा थालेका थिए । शरीर बनाउने र आफूलाई फरक गेटअपमा देखाउने तयारी हमालको थियो । हमाललाई नै केन्द्रिय भूमिकामा राखेर यो चलचित्रको निर्माण हुन लागेको हो ।

 

उनै, राजेश हमाल कोरोना संक्रमणका कारण सरकारले निषेधाज्ञा जारी गर्नु अगाडि मनाङ पुगेका थिए । मनाङ पुगेर फर्किएका नायक हमाल यो अवस्था चाडै नै पार हुने आशा व्यक्त गर्छन् ।

उनले सामाजिक संजालमा आफ्नो फरक लुक्सको तस्वीर शेयर गर्दै यो चुनौती पनि पार गर्न सकिन्छ भनेर लेखेका छन् । यो चुनौती पार गरेर सहज जीवनमा फर्किन आम मानिसहरुले चाहिरेका छन् । नायक हमाल पनि यो चुनौती पार गरेर सहज जीवनमा चाडै फर्किने आशा व्यक्त गर्छन् ।

तपाईको प्रतिक्रिया