छतबाट खसेर एक मजदुरको मृत्यु

सरु बस्नेत ।
जाजरकोट, २८ भदौ ।

जाजरकोटमा होटलको छतबाट खसेर एक मजदुरको मृत्यु भएको छ । भेरी नगरपालिका ४ शान्ती चौतारा रूकमेली होटल एण्ड लजको छतबाट खसेर सल्यानका एक मजदूरको मृत्यु भएको हो ।

मृत्यु हुनेमा ,सल्यान जिल्लाको कुमाख गाउँपालिका ३ का ३९ वर्ष का किरण थापा रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार साँझ कामको सिलसिलामा स्थानीयको छत छेड्ने क्रममा खसेर मृत्यु भएको हो । थापा विगतका केही दिन देखि जाजरकोटमा ज्याला मजदुरी गर्दै आएका थिए । थापाको शव अहिले जिल्ला अस्पताल जाजरकोटमा राखेको प्रहरीले जनाएको छ । उनका आफन्त कसैसँग सम्पर्क हुन नसके र सम्पर्क गर्ने प्रयासमा रहेको प्रहरीको भनाई छ ।

छतबाट खसेर एक मजदुरको मृत्यु

गिद्धका ४० गुँड भेटिए

छतबाट खसेर एक मजदुरको मृत्यु

व्यापारमा रमाउन नसक्दा निजामतिमा आएँ

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds