सिँचाइ पुगेपछि उत्पादन वृद्धि हुने विश्वास

सर्केगाड गाउँपालिका–४ को गोडीखोला सिँचाइ आयोजना सञ्चालनमा आएको छ । निर्माण कार्य पूरा भएर सिँचाइ योजना सञ्चालनमा आएपछि खेती गर्न सहज भएको हो ।

सर्केगाड गाउँपालिका–४ को साँया गाउँका किसान नैन छत्यालले गोठीखोला सिँचाइ योजना सञ्चालनमा आएपछि खेतीपातीको सहज भएको बताए । उनले यसअघि कुलो खनेर सिँचाइ गर्ने गरिएको भए पनि यस वर्ष सिमेन्टको नहर बनाइएका कारण पछिसम्म सिँचाइ व्यवस्थित भएको बताए । सिँचाइ योजना स्थानीय उपभोक्ताबाट निर्माण गरिएको हो ।

गाउँपालिकाको कृषि शाखाका लगानीमा सिँचाइ योजना निर्माण गरिएको हो । गाउँपालिका अध्यक्ष ठानबहादुर रोकायाले निकै आवश्यक रहेको सिँचाइ योजना छोटो समयमा निर्माण भएर सञ्चालनमा आउँदा किसानलाई सहज भएको बताए । सर्केगाडमा मार्सी धान, गहुँ, सिमी फल्ने खेत रहेका छन् । यतिबेला जेठासी बाली गहुँ लगाइएको छ । सिँचाइ योजना सञ्चालनमा आएपछि गहुँ खेती सप्रेको छ । सर्केगाडको दुई सय रोपनीभन्दा बढी जग्गामा खेती गर्ने गरिन्छ । उनले सिँचाइ सुविधा पुगेपछि कम्तीमा ४० प्रतिशत उत्पादनमा वृद्धि हुने विश्वास व्यक्त गरे । अर्को कुरा सिँचाइ सुविधा पुगेपछि अब ती खेतमा बाह्रै महिना खेतीपाती गर्नसमेत सहज भएको छ ।

सिँचाइ पुगेपछि उत्पादन वृद्धि हुने विश्वास

नयाँ सहरका एक दर्जन योजना अधुरा

सिँचाइ पुगेपछि उत्पादन वृद्धि हुने विश्वास

रोपवेले वस्तु ढुवानीमा सहज