जनताको रोचाईको पहिलो पार्टी नेकपा एमाले नै हो : महासचिव पोखरेल


नेकपा एमाले महासचिव शंकर पोखरेलले राष्ट्रिय राजनीतिमा पार्टीलाई बलियो शक्तिका रुपमा स्थापित गर्ने र निर्णायक रुपमा पार्टीलाई लैजानका लागि पार्टी निर्माणको प्रकृयामा जुटिरहेको बताएका छन् ।

बिहीबार महासचिव पोखरेलले नेकपा एमाले जिल्ला कमिटी सुर्खेतको नवौँ जिल्ला अधिवेशनको उद्घाटन गर्दै स्थानीय तह र प्रदेशको निर्वाचनमा एमालेका लागि सुखद नरहने बताएका हुन् ।

परिणाम एकपटक सुखद नरहे पनि भविष्य हाम्रो अध्यारो रहेको महासचिव पोखरेलले भने,‘अब हामीले हाम्रो भविष्य कसरी उज्यालो बनाउन सकिन्छ त्यो दिशातर्फ आफ्नो ध्यानलाई केन्द्रित गर्नु पर्ने देखिन्छ ।’

सिंगो कार्यकर्ता पंक्तिलाई एकताबद्ध बनाएर सुर्खेति जनताको भावना र विश्वास गर्न सकिन्छ भन्ने प्रश्न सर्वाधिक महत्वको बिषय हुनु पर्नेमा जोड दिए ।

अब समग्र ध्यानलाई विगततर्फ होइन, भविष्यतर्फ लैजानु पर्दछ महासचिव पोखरेलले भने,‘जनताको अभिमतका आधारमा हामी कमजोर होइनाँै । राष्ट्रिय राजनीतिमा दोस्रो स्थानमा छौँ । पहिलो पार्टी नेपाली काँग्रेस भन्दा १० सिट कम छौँ । तर, जनताको दृष्टिकोणले, जनताको रोजाइको दृष्टिकोणले हामी काँग्रेस भन्दा माथि छौँ । कर्णालीमा पनि जनताको रोचाईको पहिलो पार्टी नेकपा एमाले नै हो ।’

नेपालको राजनीतिमा स्वार्थ आधारित गठबन्धनका कारण जनताको अभिमत प्रकट हुन नपाएको महासचिव पोखरेलको भनाइ छ । अधिवेशनका माध्यामबाट नयाँ पुस्तालाई कमिटीमा जोड्ने उद्देश्य रहेको महासचिव पोखरेलले बताए ।

विगतको गठबन्धन सरकारले नेपालको बैधानिक अर्थतन्त्रलाई कमजोर बनाएर अवैधानिक अर्थतन्त्रलाई पोषण गर्ने प्रयत्नले नेपालको अर्थतन्त्र संकटमा परेको छ महासचिव पोखरेलले भने,‘जसले गर्दा जनताको जीवन कष्टकर बनेको छ ।’ सुर्खेतको नवौँ जिल्ला अधिवेशन सहमतिका रुपमा सम्पन्न गर्ने महासचिव पोखरेलले दाबी गरेका छन् ।

जनताको रोचाईको पहिलो पार्टी नेकपा एमाले नै हो : महासचिव पोखरेल

शुक्रबारदेखि हुम्ला र डोल्पामा पुस्तक वितरण गरिदैँ

जनताको रोचाईको पहिलो पार्टी नेकपा एमाले नै हो : महासचिव पोखरेल

रसिदकै भरमा सवारी