छोरीको खुट्टाको उपचार गर्न आर्थिक सहयोग गरिदिन बुवाको आग्रह


हुम्लाको सिमकोट गाउँपालिका–७ का बल्चित कामीले आफ्नो छोरीको खुट्टाको उपचार गर्न आर्थिक सहयोग गरिदिन आग्रह गरेका छन् ।

दुई वर्षअघि ११ वर्षकी  छतबाट लडेर घाइते भइ एक खुट्टा भाँचिएको थियो । उपचारका लागि घरपरिवारमा आर्थिक समस्याका कारण उपचार नपाएर विकको अहिले भाँचिएको खुट्टा बांगिएको छ । उमेर बढ्दै जाँदा हिडडुलमा समस्या हुँदै आएको बुवाले गुनासो पाखे ।

त्यो समय उपचार गर्नका लागि राम्रो अस्पतालमा लिन घरमा आर्थिक समेत नहुँदा छोरीको भाँचिएको खुट्टाको उपचार हुन नसकेको विकका बुवाले दुखेसो पाखे । ११ वर्षिया विकको दाँया भागको खुट्टा भाँचिएको हो । विकले राम्रोसँग बोल्न समेत नसक्ने भएको उनको भनाई थियो । भाँचिएको खुट्टाको अहिले पनि उपचार गर्न सकिने भएता पनि विकको घरमा आर्थिक अवस्था कम्जोर भएकाले सुविधा सम्पन्न अस्पतालमा लिन नसक्ने गुनासो पोखेको डाडाफयाँ स्वास्थ्यचौकीमा कार्यरत सन्तोष बोहराले बताए ।

स्वास्थ्यकर्मी बोहराले भयो, ’अहिले पनि ती नानीको उपचार गर्न सकिन्छ तर आर्थिक बढी चाहिन्छ ।’ विकको खुट्टाको उपचार गर्नका लागि घर आर्थिक अवस्था कमजोर र दयनीय रहेको बोहराले बताए । विकका घरपरिवारले अपांग तथा बालबालिकाको क्षेत्रमा काम गर्ने संघ संस्थालाई छोरीको उपचारका लागि आर्थिक सहयोग माग गरी दिन आग्रह गरेको बताए ।

छोरीको खुट्टाको उपचार गर्न आर्थिक सहयोग गरिदिन बुवाको आग्रह

गर्मी सुरु भएपछि सतहमा राराका लोपोन्मुख असला

छोरीको खुट्टाको उपचार गर्न आर्थिक सहयोग गरिदिन बुवाको आग्रह

जाजरकोट भूकम्पः रुकुमपश्चिममा ३० हजार अस्थायी आवास

This will close in 0 seconds