२०८२ फाल्गुन ५ गते
×

Now Playing

पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी वीरेन्द्रनगर सुर्खेतमा


पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी वीरेन्द्रनगर सुर्खेत आएकी छिन् । सोमवारदेखी वीरेन्द्रनगर सुर्खेतमा प्रदेशकै पहिलो महिला सम्मेलनमा सहभागि हुन उनी सुर्खेत आएकी हुन । ‘सरकारी तहमा महिलाको नेतृत्वदायी भूमिका हुनुपर्छ’ भन्ने उद्देश्यले सम्मेलनको आयोजना गरिएको कार्यक्रम भण्डारीले उद्घाटन गर्ने कार्यतालिका रहेको छ ।

सम्मेलनमा कर्णाली प्रदेशका ७९ वटै स्थानीय तहका प्रमुख र उपप्रमुख, महिला नेत्री, आमा समूह, वडा समितिका अगुवा महिलाहरू सहभागी हुनेछन् ।

१ सय १४ औं श्रमिक महिला दिवसको पूर्व सन्ध्यामा कर्णालीमा महिला सम्मेलनको आयोजना गर्न लागिएको वीरेन्द्रनगर नगरपालिका प्रमुख मोहनमाया ढकालले जानकारी दिईन् ।

पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी वीरेन्द्रनगर सुर्खेतमा

प्रहरी चौकीमा ११ वटा बेवारिसे मोटरसाइकल थन्किए

पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी वीरेन्द्रनगर सुर्खेतमा

बालबालिकाको सुरक्षाको जिम्मा कसको ?