छात्रवृत्ति र दिवा खाजामा हिनामिना आरोप: प्रध्यानाध्यापक सहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा

गाेल्डेन बुढा

जुम्ला ,१७ चैत ।

जुम्लाको तातोपानी गाउँपालिका–१ राँकास्थित गणेश माध्यमिक विद्यालयमा भएको कथित आर्थिक अनियमिततासम्बन्धी प्रकरणमा प्रधानाध्यापक नरेन्द्रबहादुर महतसहित तीन जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता भएको छ

। छात्रवृत्ति रकम लामो समयसम्म वितरण नगरी रोकिएको र दिवा खाजाको रकम हिनामिना गरिएको अभियोग उनीहरूमाथि लगाइएको छ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयले सोमबार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तीलप्रसाद भट्टराई र लेखा सहायकलाई समेत प्रतिवादी बनाउँदै आरोपपत्र दायर गरेको हो।आयोगका अनुसार आर्थिक वर्ष २०७९/८० मा विद्यालयलाई प्राप्त १ लाख ४५ हजार ३ सय ५० रुपैयाँ छात्रवृत्ति रकम हिनामिना गरिएको देखिएको छ। सोही सन्दर्भमा प्रधानाध्यापक महतले २०८० चैत २१ गते कक्षा १ देखि ५ सम्मका ८३ जना छात्रालाई प्रतिव्यक्ति १ हजार रुपैयाँका दरले तथा कक्षा ६ देखि ८ सम्मका ४४ जना छात्रालाई प्रतिव्यक्ति १ हजार ४ सय ८५ रुपैयाँ २३ पैसाका दरले वितरण गरिएको भनी जम्मा १ लाख ४८ हजार ३ सय ५० रुपैयाँको भर्पाई तातोपानी गाउँपालिकामा पठाएको विवरण पेस गरेका थिए।तर, अनुसन्धान क्रममा उक्त रकम वास्तविक लाभग्राही छात्राहरूलाई वितरण गरिएको पुष्टि हुन नसकेको आयोगले जनाएको छ। उल्टै, प्रतिवादीहरूले आपसी मिलेमतोमा २०८० असोज २१ गते झुट्टा भर्पाई तयार गरी किर्ते गरेको र त्यसपछि २०८० चैत २१ गते वितरण गरिएको देखाउने अर्को भर्पाईसमेत बनाएको तथ्य खुलेको छ।आयोगका प्रवक्ता सुरेश न्यौपानेद्वारा जारी विज्ञप्तिअनुसार भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (ङ) बमोजिमको कसुरमा उनीहरूमाथि १ लाख ४५ हजार ३ सय ५० रुपैयाँ बिगो कायम गर्दै कैद र जरिवानाको सजाय मागदाबी गरिएको छ।

छात्रवृत्ति र दिवा खाजामा हिनामिना आरोप: प्रध्यानाध्यापक सहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा

भाडगाउँकाे दिलौरीमा प्राविधिक शिक्षालय निर्माण सुरु

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds