कोहलपुरमा लागु औषध दुर्व्यसनविरुद्ध विद्यार्थी लक्षित सचेतना अभियान तीव्र

बाँके ,१५ चैत ।

‘हाम्रो आवाज लागु औषध दुर्व्यसनमुक्त समाज’ भन्ने मुख्य नाराका साथ कोहलपुर नगरपालिकाले विद्यार्थीहरूलाई सचेत बनाउने अभियानलाई तीव्रता दिएको छ । बढ्दो लागु पदार्थ दुर्व्यसनको प्रयोग तथा कारोबारबाट बालबालिकालाई जोगाउने उद्देश्यले यो अभियान थालिएको अभियानको संयोजन गर्दै आएका रोजगार संयोजक आशिष वर्माले जानकारी दिनुभयो।
अभियानअन्तर्गत आइतबार कोहलपुर–११ स्थित ज्ञान बहुमुखी क्याम्पसमा लागु औषध दुर्व्यसनविरुद्ध सचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ । कोहलपुर नगरपालिका सामाजिक विकास समितिका संयोजक इश्वरी विकको अध्यक्षता तथा नगर उपप्रमुख संगिता सुवेदीको प्रमुख आतिथ्यतामा कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नगर उपप्रमुख सुवेदीले कोहलपुर नगरपालिकाले भौतिक विकाससँगै मानव विकासलाई पनि प्राथमिकतामा राखेर विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो ।पछिल्लो समय लागु पदार्थ दुर्व्यसन, आत्महत्या तथा साइबर अपराधसम्बन्धी घटनाबाट बालबालिका बढी प्रभावित हुन थालेकाले उनीहरूलाई जोगाउन सचेतनामूलक कार्यक्रम अभियानकै रूपमा सञ्चालन गरिएको उहाँले उल्लेख गर्नुभयो।

कार्यक्रमका सहजकर्ता तथा इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायव उपरीक्षक चक्रडम्बर पालले लागु औषधको कारोबार र प्रयोगमा बालबालिका फस्ने क्रम बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्नुभयो । उहाँले क्षणिक लहैलहैमा लागेर आफ्नो अमूल्य जीवन नबिगार्न विद्यार्थीहरूलाई आग्रह गर्नुभयो। साथै, अभिभावक सचेत नभएसम्म दुर्व्यसन नियन्त्रण गर्न अत्यन्त चुनौतीपूर्ण हुने उहाँले बताउनुभयो ।
कार्यक्रममा इलाका प्रशासन कार्यालय कोहलपुरका प्रमुख अन्तिम सिजालीले लागु पदार्थ दुर्व्यसनबाट जोगिन आफैं सचेत हुनुपर्ने बताउनुभयो। आफ्नो स्कुले जीवनको स्मरण गर्दै उहाँले दुर्व्यसनले जीवन बर्बाद पार्ने उल्लेख गर्नुभयो । स्कुलमा पढ्दाका क्रममा त्यस्ता दृश्यहरूको अनुभूति गरेको बताउनुभयो।

कोहलपुर नगरपालिकाका प्रेस संयोजक प्रियास्मृति ढकालले लागु पदार्थ दुर्व्यसनले व्यक्ति, परिवार र समाजलाई नै प्रभावित पार्दै आएको बताउँदै त्यसबाट जोगिन युवाहरू आफैं सचेत हुनुपर्ने बताउनुभयो । दुर्व्यसनविरुद्धका अभियान्ता विनोद थापाका अनुसार कार्यक्रममा क्याम्पस क्याम्पस प्रमुख टेकबहादुर गुरुङ प्राध्यापक तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

 

कोहलपुरमा लागु औषध दुर्व्यसनविरुद्ध विद्यार्थी लक्षित सचेतना अभियान तीव्र

जुम्ला–रारा म्याराथन वैशाख २६ मा

कोहलपुरमा लागु औषध दुर्व्यसनविरुद्ध विद्यार्थी लक्षित सचेतना अभियान तीव्र

भारतबाट ल्याउँदै गरेको अवैध ४५ क्विन्टल तोरी

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds