घुयँत्राे :हातकडीको मौसम: नेताहरूको ‘भिजिट नेपाल’ जेल संस्करण सुरु !”

हैन ! याे सरकारले त केहि गर्ला जस्ताे छाँटकाँट छ त हँ ! नेता पक्राउ हुनुमा दलका नेता , कार्यकर्ताका लागि त नराम्रै हाेला तर सामान्य जनता लागि त अपराधी र भष्टाचारी पक्राउ पर्ने भन्यात राम्रै कुराे त हाेला हैन र ? नयाँ सरकार आकै भाेलिपल्टै जेनजी आन्दोलनका दाेषि भनेर तत्कालीन प्रधानमन्त्री ओलि र गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरियाछ भने दाेश्राे दिन काँग्रेसका नेता आर्जु राणाका विश्वास पात्र तत्कालीन उर्जामन्त्री दीपक खड्कालाई सम्पति शुध्दिकरण मुद्दाँ पक्राउ गर्याछ । यीनले आफू उर्जा मन्त्री हुँदा विद्युत प्रधिकरढमा यति बिध्न ताण्डब मच्चाएकि त्यसका एक एक घटना जनताले अँझै बिर्स्याछैनन । आँफुलाई गुण्डा नाईकेका रुपमा नेपाल स्काउटकाे जग्गा हडप्दै आएका दीपक खडकाले सरकारी सम्पतिमा समेत दाइ हालेका छन र उनलाई साथ दिएकिछिन आर्जु राणाले । जेनजी आन्दोलनका बेला यीनका घरमा पनि जेनजिहरुले आगाे लगाउँदा यिनकाे घरबाट अथाह नाेठ उडेका र पाेलपएका दृष्य हामीले देखेकै थियाैँ । उर्जामन्त्री हुँदा गरेकाे भष्टाचारकै कारण हाेला सायद बालेन सरकारले उनलाई सम्पति सुध्दिकरण मुद्दामा पक्राउ गरेकाेछ । सरकारका काम गराईकाे छाँटकाँट हेर्दा अब केही हुन्छ कि भने जस्तो त भाछ तर एमाले र काँग्रेसहरुकाे सत्ता गुमेकाेले उनिहरु सजिलै याे सरकारलाई गरि खान देलान जस्तो छैन । सरकारले १०० बुँदे सुधारका याेजनाहरु ल्याएर यसरी अघि बढि रहेकाेछ कि यी बुँदाहरुलाई साँच्चिकै व्यबहारमा लागू गरेर सरकार अघि बढने हाे भने पुराना दलहरुले आँफुले भन्दा राम्रो गरेर जनताका अगाडि बालेन सरकारलाई हाईहाई हुन दिने कुरै हुँदैन । त्यसैत चुनाबि हारमा तिलमिलाएका दल अँझ भएन भनेर जनताकाे विश्वास प्राप्त गर्ने गरि काम गरेर देशमा साँच्चिकै सुशासन कायम हुने अबस्था आयाे भनेत पुराना दल त्यसैपनि सडकमा आउँछन । पुराना दलकाे उदेश्य देश र जनताकाे उन्नति हुन नदनु हाे । उनिहरु देशमा भष्टाचार व्यापक गरेर बेथितिकाे पराकाष्ठामा देशलाई लगि पालै शान्ति देश लुटन चाहन्छन । तर भर्खरै मात्र चुनाबमा दुई तिहाई ल्याएकाे नयाँ पाटि देशलाई समृद्ध बनाउँदै जनतालाई सुखि बनाउन चाहन्छ । त्यसैले नयाँ र पुराना दलका स्वार्थ एकदमै विपरित छन त्यसैले पनि देशमा याैटा पक्ष सडकमा नारा लाउँदै हिँड्ने र अर्काे पक्ष आँफुले लिएकाे लक्ष्य पूरा गर्न किमार्थ पछि हटन नसक्ने स्थिति देखिनुले अब देशमा सान्ति र स्थिरता हुँदैन । यसभन्दा ३० बर्ष अघि नेपाली काँग्रेशकाे बहुमतकाे सरकार हुँदापनि एमालेले अनेक बहाना बनाएर ५७ दिन सदन अबरुद्ध गरेर सरकारलाई कुनै काम गर्न नदियर कराेडाैँकाे सार्वजिक सम्पति क्षेति गराएकाे थियाे । यसपटक पनि उसले उठाएका मागहरु पूरा भएनन भने निश्चय पनि एमाले सडक र सदन दुबैठाउँमा संघर्षकाे बाटाे राेक्न सक्दछ । एमाले कमिनिष्ट पाटि भएकाले स्वभावत सँधैभरी सत्तामा रहनपाउनु पर्छ भन्ने धारणा राख्दछ तर ५/५ बर्षमा गरिने निर्वाचनमा सँधैभरि एमालेले जित्छ भन्ने छैन । चुनाबमा जनताले मत नदिएर हार्नु परेपछि सरकारमा जान नपाउनु स्वभाविक हाे भने नयाँ सरकार आएपछि पूराना अपराध र भष्टाचारमा लागेका हरुलाई खाेज्ने क्रममा केपि वलिलाई २३ गतेकाे जेनजी घटना बारे बुझ्न खाेज्दा गएकाे शनिबारदेखि एमाले फेरि सडक तताउँदैछ । विशुद्ध सरकार र प्रतिपक्षकाे याे लडाइँले देशलाई कहाँ पुर्याउँछ हेरम नेपाली जनताकाे भाग्यमा सडक तातेकाे मात्रै हेर्न पाउने लेख्याछकि देश र आफ्नो उन्नति भएकाे पनि हेर्न पाउने भाग्य छ ।

घुयँत्राे :हातकडीको मौसम: नेताहरूको ‘भिजिट नेपाल’ जेल संस्करण सुरु !”

बाँकेमा जलेको अवस्थामा युवतीको शव फेला

घुयँत्राे :हातकडीको मौसम: नेताहरूको ‘भिजिट नेपाल’ जेल संस्करण सुरु !”

कर्णाली प्रदेशसभाको सातौँ अधिवेशन अन्त्य गर्न सिफारिस

Leave a comment

Your email address will not be published. Required fields are marked *