मुगु पुगिन् प्रधानमन्त्री कार्की
सुर्खेत ,५ चैत।
प्रधानमन्त्री सुशीला कार्की मुगु पुगेकी छिन् । उनी बिहीबार बिहान नेपाली सेनाको हेलिकोप्टरमार्फत सुर्खेत हुँदै मुगु पुगेकी हुन् ।
प्रधानमन्त्री कार्कीले मुगुस्थित राराताल पुगेर सुरक्षा निकायका प्रमुखहरूसँग भेटघाट गर्ने तथा तालको अवलोकन गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।
मुगुका प्रमुख जिल्ला अधिकारी खडानन्द खत्रीका अनुसार मुगु र जुम्ला भ्रमणपछि प्रधानमन्त्री कार्की शुक्रबार जनकपुर जाने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्री कार्कीसँग प्रमुख स्वकीय सचिव दुर्गाप्रसाद सुवेदी, आदर्शकुमार श्रेष्ठ तथा प्रेस सल्लाहकार रामबहादुर रावल समेत सहभागी रहेका छन् ।





