घुयँत्राे:. “दुई–तिहाईको सपना बोकेर घरघरै चाहार्ने प्रचण्डको ‘चुनाबी महायात्रा’!”

हैन ! कमरेड प्रचण्ड त दुई तिहाइनै ल्यामला झैँ गरि जनता घरघर चाहार्दै हिँड्याछन त हँ । याैटाले २ तिहाईकाे सरकार चलायाे र याे हालत बनायाे । सारा देशनै आगाेलाएर सरकारीदेखि निजि क्षेत्रलाईसम्म तन्नम बनायाे । उल्ले छाेडेछि अरुले हामी गर्छम् भनेर आकाहरुनि अपराधिहरलाई कारबाहि गरेर जेलाँ काेच्न छाडेर रातदिन चुनाबै गराउँछु भनेर फलाक्दै बस्याछन ।जस्ले बेथिति गरे, भष्टाचार गरे ,देश लुटे, राज्यलाई अपराधिकरण गरे, मान्छेकाे ज्युज्यानकाे सुरक्षा भएन, यी पापिहरलाई कार्वाही गर्नु पर्याे भनेर माग्दा आन्दोलन पछिका देश चलाउनेहरुनि छिटै चुनाब गरेर तिनै पुराना भष्टाचारी र अपराधिहरलाई देश बुझाउने तयारीयाँ कस्सियर लाग्याछन ।

सुशिला सरकारकाे फितलाे नीतिले गर्दा एकमाथि अनेक पाटि जाेडिँदै भाेलिकाे चुनाबाँ बहुमत ल्याएर सरकार बनाउने दाउमा हिँडदैछन । त्यै मध्यकाे माँवादिकाे मुकुण्डाे फालेर नेपाली कमिनिष्ट पाटिका नाममा गाेडासत्रेक पाटिलाई जाेडर प्रचण्ड ऐले कैलेकाे मध्य त कैलेकाे सुदुर पश्चिम गर्दै भाेजभतेर गरेर हिँड्याछन । राजनीतियाँ आँफुलाई सँधै अब्बल र माैका पर्याबेला फ्याट्ट फड्किने दाउ जान्या प्रचण्डले जेनजीले आन्दोलन गर्दा बुढाहरले पाटियाट राजिनामा गर्नु पर्ने माग राख्याबेला जेनजीकाे आन्दोलन शीत डराएर पाटिकाे केन्द्रीय कमिटिलाई विघटन गरेर संयाेजककाे पद हत्याएर चुनाबाँ गएर चुनाबले जे गर्छ त्यै गर्ने भनेर जेनजीकाे आँखा धुलाे हाल्या प्रचण्डले महाधिवेशन सेसन हटाओ बबाल अब वुध्दिका पपटाजति कमिनिष्टहरलाई बाेलाएर सबै एक हुने र सत्ताँ पुग्ने कथा सुनाएछि कैल्यै सत्ताँ पुग्न नसक्ने कमिनिष्टजति जमणमा भएर ऐले प्रचण्डलाई अघिअघि लाएर जिल्ला दाैडाँ हिँड्याछन । ऐलेसम्मकाे तिनरकाे यात्रा त सुखदैछ । भाषण गर्याछन भात मार्याछन । जनताले भाेट दिन्छन दिन्नन था छैन । जनता मनाँ काेई पस्याछैन । तर माओवादिका नाममा त्यतिका वर्ष जङ्गल जङ्गल भाैंतारिया, हजाराैँ गाउँलेलाई दुख द्या,चित्त नबुझ्या मान्छ्या टाउकाे गिँडदै हिँडेर त्यै पाटिका नाममा पटकपटक प्रधानमन्त्री भएर सुखसयलका दिन काट्या कुरालाई मरलक्कै विर्सेर दुख्खका दिनाँ साथद्या साथीभाईकाे साथसितै माओवादि नामकाे पाटिलाई कुकुरले हड्डि छाेडेझैँ छाेडेर ग` का प्रचण्डले नेपाली कमिनिष्ट पाटि त बनाएर गए तर पनि उनलाई जनताले माओवादि बाहेक अरु कुनै नाममा जान्दैनन । पैला बहुमत ल्याएर सरकार बनाकाे झलझलि देख्या हाेलान त्यसबेलाँ उनका कार्यकर्ताले माअाेवादिलाई भाेट नदिए काटछु मार्छु भनेर धम्की देछि त्यै धम्किका आधाराँ भाेट आ हाे भन्ने कुरा सम्झेकै छन कि बिर्से त्याे प्रचण्डलाई नै था हाेला तयति मात्रै हाेर साेराेटा हाङा जाेडेर बना भारी कुनबेलाकाँ गएर चुटछ के था ! माधब नेपाल जस्ता मान्छेलाई साथैलेर लामै सम्म हिँडन गाह्रैछ । चुनाब सम्म त हिँडलानकि माननीय हुने रहरमा त्याे पनि भन्न सकिन्न । चुनाबाँ जितने छाँट कतै छैन । हुनत प्रचण्ड सारै बाठा छन आँफुलाई फाईदा हुने भएछि साथिभाई सारा संसार छाेडेर जाननि तयार हुन्छन ।

त्यसैले संसारमै कतै नहुने कमिनिष्ट र प्रजातान्त्रिक पाटिलाई मिलन विन्दु याजेकि गठबन्धन गरेर देशकाे प्रधानमन्त्री बनेर बसे त्याे पनि देशकै पैलाे पाटिसित । त्यसैले याे पटकनि प्रचण्डैले सत्ता हत्याउन सक्छन ।त्यसाे भयाे भने देशमा एमाले पाटिकाे विजाेग हुनेछ या फेरि ओलि र प्रचण्डकाे पुनर्मिलनले देशमा भष्टाचार र बेथितिकाे चाङनै लाग्नेछ र कमिनिष्टहरुले देशमा अरुलाई भागाभाग पार्नेछन । जनतामा चेतना भया ।

घुयँत्राे:. “दुई–तिहाईको सपना बोकेर घरघरै चाहार्ने प्रचण्डको ‘चुनाबी महायात्रा’!”

जुम्लामा भीरबाट खस्दा महिलाको मृत्यु

Leave a comment

Your email address will not be published. Required fields are marked *