घुयँत्राे:“बा निश्निन्त, महेश ज्याङ्गो सक्रिय—पार्टी अब ‘ऑटो पाइलट मोड’ मा”
ऐले केपि बा काे पाटि भाईरलछ । भाइरल गराउने जिम्मा पाका महेश बस्नेत जुन जिल्लाँ गओ त्यईँ धधङ्गा मच्चाएर सडकाँ थुप्र्या जेनजीहरकाे साताेपुत्लाे लेकाे देखेछि बा त्यसैनि प्रशन्न छन । चिन्ता नगर्नाेस ओलिबा जबतक महेश बस्नेत जिन्दाछ तबतक हजुरलाई पाटि चुनाब जित्न र आम चुनाउ जित्न कुनै गाह्रै छैन । देख्नु हुन्न जाँ जाँ तपाईंको बाहन पुग्छ त्याँत्याँ कार्यकर्ताकाे ओईराे । त्याे ओईराे त अँझ भाेलेन्टियर्सकाे मात्रै हाे रे ! त्याँ अँझ युवा संघ र जेन्जि बाेलाउने हाे भने कति धेरै हाेलान तपाईँले अनुमानै लाउन सक्नु हुन्न । भदाै २४ देखि फागुन २१ सम्म तपाईंले जति दुख पाउनुभाे पाउनुभाे त्यसपछिका दिन भन्या तपाईँका र महेश बस्नेतकै आउने हुन । पाटिकाे चुनाब जिताउन लँगाैटि कसेर लाग्या बस्नेतले भरसक हात पाखुराकै भराँ ओलिबाका बिरुध्द भरसक उमेदवारी दर्ता गराउन नदेला यदि कथंकदाचित त्याे बेला उमेदवारी दर्ता हुन गएनि २/४ ओटा हातपाखुरा तेर्स्याएर मैदानमा उफ्रियाे भने राेक्ने कसले ? त्यसकारण नि बाकाे खप्पर याे चाेटि बल्लियाे छ के ।
जब जेनजीहरु बाका बिरुध्द उत्र्याथे तब महेश बस्नेतले तिनरलाई वारनिङ देर तितर बितर पार्याे तबदेखिनै बााकाे खप्पर बलियाे रैछ अब अध्यक्ष नि हुन्छन प्रधानमन्त्री नि हुन्छन भन्ने लाग्याथ्याे परिस्थिति र वातावरणले नि त्यस्तै त्यस्तै बनाछ हेरम् । बाका विपक्षाँ उठने भन्या ईश्वर पाेखरेलका मान्छे कताकता सिलाखाेज्नु पर्नेजस्तरि प्रतिनिधि भएर आका देख्याछन ।महेश बस्नेतकाे जगजगि देखेरै ऐले यसाे चिया, चाैताराँ गफ गर्ने मान्छेहरुनि पाेखरेलप्रति सहानुभूति देखाउँदै भन्छन “यस्तो अबस्था देखि देखिनि पाेखरेल मैदानाँ उत्रे भने त बिचरा पाेखरेलकाे पाटि सदस्यै जाने भाे ” । हुनपनि बस्नेतका गतिबिधि,हाउभाउ र जिल्लाका कार्यकर्ताहरलाई हप्कि दप्कि गर्या देख्दा त बा नि दिन पाएरै जन्म्या हुन जस्तो लाग्छ किन त भन्दा महेश बस्नेत जस्ताे ज्याङगाे र पूरै रावणकाे राेल गर्न सक्ने कार्यकर्ता, जस्लाई जे ल्याभन्याे त्यै ल्याउन सक्ने देशकाे ऐन कानुन नलाग्ने पुलिस प्रशासन सबलाई मुट्ठिमा पारेर उठ भने उठ र बस भने बस गराउन सक्ने यस्ताे कार्यकर्ता पाएछि बालाईनि के काे चिन्ता के ! पाटि त पाटिनै भैगाे अब सबै बाकाे मुट्ठीयाँ भैगाे उता आम चुनाबाँ प्रतिष्पर्धा हुने दल नेपाली काँग्रेसाँ आँफै चिर्काे पर्याछ । पाटि फुटाउन शेखर काेईराला कार्यकर्ताहरु ठिक्क परेर बस्याछन । आजत झन कता काेईरालाकाे टिम संस्थापन शीत वार्तामै नआउने र विशेष अधिवेशन गरेर आफ्नो बाटो राेज्ने भन्दै छन । साँच्चिकै काेईराला झाेलेहरले पाटि फुटालेर गए भनेत बा र बाकाे पाटिलाई त चिट्ठै त पर्नेत हाेला त ! त्यसै त रिङिघुमि सत्ताकाे राजनीति ओलिकै पाेल्टाँ आउन ला बेलाँ अँझ भएन भनेर प्रतिष्पर्धि पाटिमै रुवाबासी मच्चिएछि ओलिले त मजाले बार्दलियाँ बसेर चुस्कि लाउँदै रमिता हेर्दै गर्ने त हाेनि । तर ओलिबा तपाईंको पाटिले दुईतिहाई ल्याउने बित्तिकै महेश बस्नेत भन्नेलाई गृहमन्त्री बनाउनु हाेला है ।
किनभने यस्ताे अप्ठ्यारो बेलाँनि तपाईंलाई कँधल्कुटि हालेर गुण्डु पुर्याएर तपाईँका अघि पछि हिँडन कस्ता भरसलाग्दा भुसतिघ्रेहरु जम्मा गरेर तपाईं अघिपछि लाएर आफू तपाईं का विरुद्ध उर्लिनेहरलाई तहलाउन जिल्ला जिल्ला पुग्याछ । अनि तपाईंले उल्लाई गृहमन्त्री बनाउनु भाे भने तपाईं शुरुमा सत्ताँ बसेदेखि ऐलेसम्म जेजे भष्टाचारका काण्ड फायलभएर जाँ बस्याछन तिनलाई गृहमै मगाएर धडाधड् फायल च्यातेर आगाे लायाे भने भाेलियाट तपाईँलाई भष्टाचारी कल्ले भन्न सक्छ । त्यसैले तपाईंले जेनजीहरलाई केपि ओलि भष्टाचारी हैन तिमरकाे हेर्ने नजर र दृष्टिकोण भष्टाचारी हाे भनेर प्रमाणित पनि त गर्न सक्नु हुन्छ । ओलिबा अब याे देशाँ शान्ति मच्चाएनि विध्वंस मच्चाएनि सबै तपाइँकै हाताँछ । केन्द्राँ तह लाउने महेश र ओलि २ जना हुँदै हुनुहुन्छ ।
जिल्लाँ आगाे पार्न तपाईंहरकाे साथ पाएछि एमाले कार्यकर्ता छँदैछन । अबकाे २० बर्ष नेपालकाे राजनीतिकाे लगाम तपाइँकाे हाताँ आईसक्याे कमिनिष्ट शासन भन्या जति लगाम खिचेर तह लाउने सक्याे त्यति सत्ता दिर्घायु हुन्छ । ऐलेसम्म विभिन्न देशाँ शासन गर्या कमिनिष्टहरुकाे ईतिहास हेर्दा जति जनताकाे बिल्लिबाँठ पार्न सक्याे त्यति सत्ता दिर्घायु हुने हाे जिल्लाँ बस्ने कार्यकर्तालाई यस्तै स्कुलिङ भाे र कार्यकर्ता र नेता परिचालन गर्न महेश बस्नेत ज्युलाई दिनु भाे भने त्याे जत्तिकाे उचित निर्णय अरु हुने छैन ।यस्ता उचित निर्णय गर्न तपाईंलाई कसैले सल्लाह दिनै पर्दैन आँफै काबिल हुनु हुन्छ । हैन र ! ह्याँभन्दा बढि तपाईं जस्ताे बुझकारलाई हामी के भनम् ।




