घुयँत्राे:”शेषनाग ओलिको दरबारमा एक्लै भक्कानिँदै ईश्वर पोखरेल!”

कठै बिचरा ईश्वर पाेखरेल,बुध्दिसुध्दि केई छैन ,ओलिकाे विरुद्ध चुनाब लडछु भन्याछन हिन्याछन । ह्वाँ ओलिका ५ भाइ ( प्रदिप,पृथ्वी,महेस,शंकर,विष्णु ) जिल्ला जिल्लाँ उर्दि गरेर ओलिलाई भाेट दिने बाहेक अरुलाई प्रतिनिधि बनाएर नपठाउनु भन्ने उर्दि जारी गर्दैछन ।तर त्यस्ता कप्टिहरका अगाडि राजनीतिक तिकडम गर्न नजान्ने ईश्वर पाेखरेछ मपनि अध्यक्षाँ उठछु है भनेर राजधानीका सडकहरु चाहारी रा देख्दा हाँसाे उठेर आईराछ। यस्ताे बेलाँ पाटिकाे चुनाब गराएर ओलिका प्रतिद्वन्द्वीकाे ६ भाेट मात्रै भनेर खिस्सि टिउरी गर्दै ओलिलाई हिँडन दिन खाेजेरनि हुँदाे त ! त्यसाे भनेत ओलिले त झन आँफुलाई शेषनाग सम्झेर सब्लाई डस्न शुरु गरि हाल्छन ।

जेनजी आन्दोलनकाे विरुद्ध झन अशान्ति र उफ्रि उफ्रि कराउने अबसर दिने हाे भने ओलिका विरुद्ध उठाैँ हैन भने अँझै २० बर्ष राज गर्छु भनेर ओलि कस्सिरा बेलाँ कसैलेनि ओलिसित पाैँठेजाेरी नखेलाैँ । ठिकै त छत पाटि अध्यक्ष ओलि, प्रधानमन्त्री ओलि, याेजना आयाेगकाे अध्यक्ष ओलि, त्रिविकाे कुलपति ओलि, अर्थात देशका १ नम्बरका पदजतियाँ सबै ओलिनै ओलि भएछि कार्यकर्तालेनि राेजिछानि नियुक्ति त पाउलान त क्यारे त्यसैले अब पाटि भित्र आफ्नो अस्थित्वकाे खाेजि गर्नु भन्दा मुर्खदेखि दैब डरा भन्ने उखानलाई सम्झेर टाउकाे हल्लाएर बस्ने बाहेक काम छैन । त्यसैले कमरेडहरु भन्या मान्छाै भने झाेलेहरुले जेजे वितण्डा मच्चाउँछन मच्चाउन दिम ।यिनलाई राेक्न खाेजेर राेक्न सकिने वाला छैन । महेश बस्नेत जस्ता उदण्डकाे हाताँ पाटि परेछि अब बाँकी नै के रह्याे । जब याे भाेगटे ओलिकाे बाहन बनेर २/४ मैना फद्दाउन शुरु गर्छ त्यसपछि ओलिका पारा चढेभने त्यसलाई कैल्यैनि ओलि दरबाराँ फर्केर आउन नसक्ने गरि ओलिलेनै लखेटछन, पर्खेर हेरेर बस्नु मात्रैपर्छ के के देखिन्छ के के ! खासमा त जब ओलि विरुद्ध चुनाब लडनुनै थियाे भने चुनाब लडनेहरुजति एक गठ भएर पैलैदेखि जिल्ला दाैडाहामा जाने हाेनि तर पैले लडने आँट नगर्ने र सबै उसैलाई बुझाउन तयार भएर बस्ने अनि ऐले चुनाबकाे १ साता अघि आएर चुनाब लडछु भनेर हुँदाे त ! अब चुनाब लड्याे भनेत रावलकै ताल हुन्छ बरु ओलिकै पछि लाएर हजुर हजुर भन्दै हिँडम् त्यति भएछि बरु ओलिले पाटिबाट ननिकाल्लान तर चुनाब लड्याे भनेत सबभन्दा पैला पाटियाट किक हानि माग्न्यानाम ईश्वर पाेखरेलनै हुनेछ । देख्नु भएन ईश्वर जी महेशले तपाईं विरुद्ध के के लेख्दैछ । अनि तपाईलाई बाँकि राख्छन ओलि बाले । भरसक महाधिवेशनकै दिन तपाईँकाे खाल उतार्नेछन त्यति नभए ओलिकाे विजयकाे पहिलाे बैठकलेनै तपाईं र तपाईंकाे पक्षाँ लाग्याजतिकाे एमाल्याट उठिबास बनाउनेछ । तपाईंका अध्यक्ष ओलि भन्ने मान्छेले संगठनमा विपक्षि भन्ने रहनै दिन्नन । उनकाे जन्मदैकाे चरित्र हाे त्याे । संगठनमा कुनै कुराकाे निर्णय गर्दा अरुले राख्या कुरा कैल्यै पास भएर निर्णय लेखिया था छ ? अनि! उनी त आँफुलाई चाहिएकाे र गराउनु पर्ने निर्णय आँफै लेखाउने अनि बैठक सकियाे बाँकि अर्को बैठकाँ भनेर हिँड्ने वाला हुन त था छैन र ?हुन त कमिनिष्ट पाटिकाे निर्णय भनेकै पाटिकाे सर्बेसर्वाले जे चायाे त्यै हुने हाे । तर पनि कैले काईँ अरुकाे मन राख्ननि गरिने निर्णय हुन्छननि त्यस्ता निर्णय समेत हुन नदिने भनेकै ओलि हुन । याे पटक त झन महेश बस्नेत पाटियाँ छाडारुपाँ हावि भाकाे माैका पर्याछ ! बा ले याे चाेटि कसैलाई भाेट दिइनस भने ! भनेर आैँला ठड्याउनु पर्ने छैन ।

स्वभाविक रुपाँ महेश बस्नेतले देशभरबाट राजधानीयाँ जम्मा भाका प्रतिनिधिहरुकाे पित्तपानी झार्दिने वाला छ। ज्यानलाई जाेखिममा हालिहालि कुन कार्यकर्ताले ईश्वर पाेखरेललाई भाेट हाल्दिन्छन र पाेखरेल एमालेका अध्यक्ष हुन्छन । त्यसैले राजनीति गर्ने चाहनालाई धरापमा नराख्नाेस पाेखरेलजी बरु ओलिकाे शेषपछि अध्यक्ष बन्ने चाहना राख्नुस र मैदानबाट भाग्नाेस, मैशासुरहरु तपाईंलाई सिध्याउने शुर कसेर बस्याछन । त्यसलाई थेग्ने शक्ति तपाइँमा छँदैछैन । अनि किन लठाराँ लाग्नु हुन्छ ।
“बिरसिक्का”

घुयँत्राे:”शेषनाग ओलिको दरबारमा एक्लै भक्कानिँदै ईश्वर पोखरेल!”

आठौँ सामाजिक सुरक्षा दिवसः साढे २६ लाख

घुयँत्राे:”शेषनाग ओलिको दरबारमा एक्लै भक्कानिँदै ईश्वर पोखरेल!”

जाडोसँगै जुम्लाीभेडा औल झार्न शुरु

Leave a comment

Your email address will not be published. Required fields are marked *