घुँयत्राे : सुर्खेताँ ठग्न पाईन्छ भनेरै त हाेला
हैन ! बुध्दि नभाका र हुस्सुहरु जति यै सुर्खेताँ पाईन्छन अन्यत्र जानै पर्दैन भन्ने भान सबै नेपालीयाँ छ कि क्या ! प्रकृति र सरकारले समेत ठग्ने याे कर्नाली प्रदेशकाे सुर्खेताँ ठग्न पाईन्छ भनेरै त हाेला सुदुर पश्चिमकै घर ठेगाना भा मान्छेहरु सुर्खेतकाे मुलपानीयाँ सब्बैभन्दा ठूलाे घर छानेर नेटवर्किङ विजनेस चलायर विचरा सुर्खेतका साेझा साझा र बेराेजगार युवायुवतिलाई लटपट्या सम्चार सुनियाे त हँ !
पुलिसले बल्लबल्ल गिराेह त पत्ता लाएछ अब त्यसमा काे संलग्छन भन्ने पत्ता लाएर पैशा डुबाएका मान्छेका पैशा फिर्ता दिनु पर्छ भने सन्चालकहरुलाई पाता कसेर कठघराँ हाल्नु पर्छ । मान्छेनि कति बाठा हगि आफ्नाे क्षेत्राँ यस्ताे काम गरेछि छिटै उदाङ्गिन सक्छ र चाहेजति पैशा कमाउन सकिन्न भनेर त हाेला अल्लि टाढै अपरिचित ठाउँमा आएर यस्ताे धन्दा शुरु गर्या ।
पुलिसले भख्खर याे धन्दाकाे रहस्य पत्ता लाएनि धन्दा कति बर्ष अघि देखि पाे चल्याथ्याे र कति मान्छे पाे लुट्टिई सक्याथे यसकाे रहस्यत खुल्दै जालानि । तर याे धन्दामा लुटिएकाहरुले पुलिसकाे काम कार्वाहीलाईनि नजिकबाटै हेर्दै र बुझ्दै जानू पर्छ यहाँ कसैकाे विश्वास कसैसित छैन । बेथिति र भष्टाचाराँ डुबेकाे मुलुक त भैगाे आफ्नो स्वार्थ पूरा भएछि मान्छेले अर्का स्वार्थ काँ सम्झिन्छ र ?
जबदेखि गणतान्त्रिक प्रदेश सरकार बन्याे तबदेखि सुर्खेतलाई दलाल,तस्कर,जुवाअखाडा, लागुपदार्थकाे सेल्टर र २ नम्बरी धन्दा गर्ने ठाउँका रुपाँ विकास गरियाछ । माओवादिकाे आधार शिविर बनेदेखिनै लुटपाट,मारकाट,छलछाम र भ्रष्टाचारको रुपमा विकास गरिएकाे सुर्खेत ऐले अपराधिक क्रियाकलापकाे अखाडा बनेकाे छ ।खासगरि कालिकाेट,जाजरकाेट र रुकुम पश्चिमका मान्छेहरुकाे राईँ दाइँ चल्ने सुर्खेतमा अपराधिक घटना नघटेकाे दिन हुँदैन भन्दा हुन्छ ।
सुर्खेती अनुहार कमै देखिन पाईने याे ठाउँमा पेशा व्यवसाथ गरेर टिक्न सक्ने उपाए नभए पनिदुईनम्बरि धन्दा गर्ने र अपराधिक सञ्जाल चलाएर जीवन गुजारा गर्नेहरुकाे संख्याभने यथेष्टै छ सुरखेतमा ।त्यसैकारण पनि ऐले कर्नालि प्रदेश सबै प्रदेशमा बदनामछ । त्याे बदनामीकाे मार फेरि सुर्खेती जनताले खेप्नु पर्ने बाध्यताछ । त्यसैले सरकारकाे सुरक्षा निकायले यहाँका अपराधिक क्रियाकलाप राेक्न धेरै मेहेनत गर्नु पर्ने देखिन्छ । अपराधिक क्रियाकलाप हुने हरेक ठाउँमा पुलिसकाे निगरानी हुन जरुरीछ ।
राजनीतिक संरक्षणमा हुने अपराधिक घटना र तिनमा संलग्न ब्यक्ति हरुकाे पहिचान गरेर अपराध राेक्न खाेजियाे भने राेक्न सकिन्छ तर यसमा सबै पक्षकाे भूमिका सकारात्मक हुनु पर्दछ ।अपराधमा संलग्न हुने ब्यक्तिलाई निर्ममता र कडाइका साथ कार्बाहि हुने हाे भने त्याे देख्ने हरेक व्यक्तिलाई त्यस्ताे अपराध गर्ने आँट कहिल्यै आउँदैन । तर भनसुन र राजनीतिक संरक्षणकाे आडमा मान्छे जसरि छुटने र अनि फेरि त्यस्ता अपराधमा संलग्न भै हाल्ने जुन क्रम बढदाेछ । त्यसलाई राेक्नका लागि पनि याे नेटवर्किङ ब्यवसायमा संलग्नहरुलाई सख्त कार्बाहि हुनु पर्दछ र जिल्लालाई बदनाम हुनबाट बचाउनु पर्दछ ।अन्यथा हाम्राे पहिचान अर्गानिक प्रदेशका नाममा अपराधिक व्यक्तिमा हुनेछ । बेलैमा सचेत बनाैँ ।





