घुयँत्रो: “डन, चेक र जेनजीको दौडधूप—दिपक खड्का त ‘मोबाइल बैंकिङ’ भन्दा पनि छिटो रहेछ!”

हैन जेनजीहरले याे दिपक खडकाँ भन्ने डनलाई हाल्छन कि क्या भडखालाँ । स्काउटकाे जग्गा हत्याएर बसेकाे याे आर्जुकाे लेनदेन कर्ता दिपकलाई जगदुल्ला विद्युत उत्पादन आयाेजनाँ ३ कराेड रुपियाँ खाकाे भनेर ३ कराेडकाे चेकै सहित सामाजिक सन्जालाँ सम्चार आछ त हँ । माग्ननि एउटै चेकाट ३ कराेड माग्या गाँठे ,कस्ताे डरपनि नमान्या हाेला मुर्दारले । जेनजी आन्दोलनकै अपराधिका रुपाँ कार्वाहि गर्न माग राख्दा राख्दानि सरकारले कार्वाहि नगरेछि ऐले फेरि जेनजीहरले उल्ले ल्या चेक समेत पत्तालाएर अख्तियाराँ मुद्दा हालेछि अब त कार्वाहि हुन्छकि भन्ने सानाेतिनाे आश पलाकाे जेनजीहरु बताउँछन तर पनि भन्न सकिन्न दण्डहिनता र बेथितिले घेरीरा बेला अख्तियारले नि सजिलै कार्वाहि हाेला त्यस्ताे लाग्दैन । आखिर अख्तियारका भ्रष्टहरलेनि कलाे खान पाए भने त्यस्ता केश त कता दम्पच्याई दिन्छन कता ।त्यसाेत दिपक खडका भन्या ओलिकाे सालाे नियुक्त गर्न ओलिलाई साथद्या मान्छे पर्याे एकचाेटि गुण्डु गएर ओलिलाई आँफुले लगा गुन सम्झायाे भने ओलिले अख्तियार प्रमुखलाई भनेर त्याे जाबाे केश दामदुम पार्दिननि सक्छन त । त्यसै त अख्तियार प्रमुख राई ओलिल्यै नियुक्त गर्या मान्छे अँझ भएन भनेर ओलि त फेरिनि अध्यक्ष बन्न लाछन फेरि ओलि आउँदा भाेलिकाे दिनओलिकाे सेवागर्ने अबसरका लागि नि दिपकलाई छाेडदेर गुन लाउन सक्छन । आखिर ऐले महाधिवेशनाट अध्यक्ष जितेछि भाेलि प्रधानमन्त्री हुनेनि ओलिनै हुन । अख्तियार प्रमुखलेनि यस्ताे राम्रो अबसर पा बेलाँ अबसर छाेपे भने त ओलिले राईलाई भाेलि राेजीछानि भै रा पद चाईयाे कि , आयल निगम चाईयाे कि,निर्वाचन आयाेग चाइयाे कि, राजदुत चाईयाे जाँ जे भन्याे त्यैँ फ्याट्ट बनाउन सक्ने भएछि ऐले त्याे मुद्दाे तामेलियाँ लएर राख्दिनलाई काँ के गाराे भाे र ! त्यसैले प्रमुख आयुक्तज्यु यै हाे माैका , अबसर पा बेलाँ अबसर नगुमाउनुस कराउने कराउँदै गर्छन आँफ्नाे काम आँफुले गर्दै जाने हाे देख्नु भएन कतिकति भष्टाचारीलाई कार्वाहि गर मान्छे मार्ने ओलिलाई कार्वाही गर भनेर कराका हैनन जेनजीहरु, खैत कसैलाई कार्वाहि भाे त ! हैन याे देश भनेकाे यस्ताे देश हाे जस्ले निडर भएर ठाेक्न सक्याे ठाेक्याे, त्यसकाे भाेलिपल्ट २ दिन हुन्छ अनि बिस्तारै सकिन्छ । तपाईंलाई नि तकार्वाहि गर्छम भनेर आथेत । तपाईं टसका मस नभएर बस्दिनु भाे अनि उनरु आँफै भागे । त्यै ३ कराेड घुस लिने दिपक खडकालाई नि के के नै गर्छम भनेझैँ गरे जब खडकाले २/४ ओटा गुण्डाहरु देखाएर पत्रकार सम्मेलन गरेर आफू सामना गर्न तयार भकाे भनेर २/४ वटा फाेटाे सामाजिक सन्जालाँ हाल्देछि ती जेनजी भनाउँदाहरु कता भागे कता ! याे जमानै त्यस्तै रैछ के जस्लाई त्यस्तै गर्याे भने बल्ल लाईनमा आउँदा रैछन । उता केपउ बाकै कुरा गरम्न जेनजी आन्दोलनाँ मान्छे मार्याे केपि बा लाई थुनि कार्वाहि गर् सरकार भनेर जेनजीले भन्या हैनन ।खै त सरकारले कारवाहि गर्या । उल्टै केपि बाले जेनजीहरलाई उदण्ड र विध्वंकारीकाे विल्ला लगाएर जेनजीहरुलाई भागाभाग पार्याछन । तिमरका आन्दोलन सान्दाेलन हटाव बबाल भनेर उल्टै ज्जेनजीहरकाे विराेध गर्दै हिड्याछन ।

आँफुले गर्या विराेधले मात्रै पुगेन भनेर आफ्नाे “वाहन” महेश बस्नेतलाई जिल्ला जिल्लाँ अशान्ति मच्चाउन पठाछन । उता महेश बस्नेतले जिल्ला जिल्लाँ गएर नानाथरिकाे हर्कत गरिराछ । बलेकाे आगाेलाई पानी हालेर निभाउनुकाे सट्टा झन घ्यू थप्ने काम बाकाे हाताट दिनहुँ भैराछ । बाकाे आडाँ घुसखाेरी र भष्टाचारीहरु कुनाँ बसेर मुसुमुसु हाँसीराछन ।तर सरकार भने उनरलाई टुलुटुलु हेरेर बसीराछ । याे ३ मैनाकाे अबधियाँ भष्टाचार गर्नेदेखि मान्छे मार्नेसम्मका मान्छेहरु छाति खाेलेर हिँडिराछन तर सरकार ट्वाँ परेर हेर्याहेर्यैछ ।पुलिस सरकारले भनेकै मान्दैन अनि अपराधिहरु तिनै अटेरि पुलिसका आडाँ बुर्कुसी मार्दै हिँडिराछन । अब त नेपालाँ जुनसुकै खालका आन्दोलन र परिवर्तन भएनि वर्तमानका पाटिका १ देखि १५ आैँ नम्बरसम्मका नेताहरुलाई तह लाउन नसकेसम्म देश बनाउन सकिन्न र यी बदमास र दलाल नेताहरुकैकारण देश हिजाे पनि बनेन र आजपनि नबन्ने भाे र भाेलिनि बन्ने छैन भन्ने स्पष्ट भै सक्याे त्यसैले यी भष्टाचारीहरुकाे दिनचर्या हेर्दै टाउकाँ हातलाउँदै बस्ने सिवाए अरु काम छैन ।

घुयँत्रो: “डन, चेक र जेनजीको दौडधूप—दिपक खड्का त ‘मोबाइल बैंकिङ’ भन्दा पनि छिटो रहेछ!”

घुयँत्राे:“आज गुण्डु, भोलि पार्टी अफिस, पर्सि अदालत—ओलि

घुयँत्रो: “डन, चेक र जेनजीको दौडधूप—दिपक खड्का त ‘मोबाइल बैंकिङ’ भन्दा पनि छिटो रहेछ!”

बाँकेमा १६ दिने अभियान : महिलाको कानुनी

Leave a comment

Your email address will not be published. Required fields are marked *