बेलौरीमा जलेको अवस्थामा रानाको शव भेटियो


कञ्चनपुर । बेलौरी नगरपालिका–१० शिवनगरमा ५० वर्षीय हरिकिसन रानाको शव आज जलेको अवस्थामा भेटिएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक उमेश जोशीका अनुसार शरिरको बाहिरी भाग जलेको अवस्थामा रानाको शव फेला परेको हो । शव फेला परेको स्थान नजिकै तोरीको भुसामा उनको मोटरसाइकल समेत जलाइएको पाइएको छ । 

बेलडाँडी गाउँपालिका–३ का बासिन्दा राना भैँसीपालन गरी दुग्ध व्यवसाय सञ्चालन गर्दैआएका थिए । “घटनास्थलमा प्रहरी टोली पुगेको छ,” प्रहरी नायब उपरीक्षक जोशीले भने, “के कति कारणले रानाको मृत्यु भयो भन्नेबारे अनुसन्धान गर्दैछौँ ।” 
बेलौरीमा जलेको अवस्थामा रानाको शव भेटियो

भेरी अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा सुरु

बेलौरीमा जलेको अवस्थामा रानाको शव भेटियो

जाजरकोटमा पेट्रोल पम्प सञ्चालन

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds