२०८२ फाल्गुन २९ गते
×

Now Playing

आन्दोलनले दिएको सन्देश

खोमकान्त रेग्मी, चितवन

नेपाल मुद्रण उधाेग महास‌घ निवर्तमान अध्यक्ष

२०८२ भाद्र २३ र २४ गते नेपालमा जेनजीले सन्चालन गरेको आन्दोलनले नेपालीजनलाई त्यसमा पनि बूढो र मध्यम जनमानसलाई झस्क्याएको छ । जेनजि पुस्ता र त्यससग सम्बन्धित बाहेक सबै जनमानस दङ्ग परेका छन र सोच्दैछन कस्तो फिलिम हो यो कतिवेला शुरू भो थाहै नपाइ अन्त्य भो । तर आन्दोलनका बेला भएका सार्वजनिक सम्पत्तिको हिनामिनामा सबै जनमानस सन्तुष्ट छैनन र जेनजीको आन्दोलनमा घुसपैठ भयो भन्नेमा धेरै छन । स्वय जेनजीका पुस्तालाई पनि विश्वास नभएको एती छिटै आन्दोलनले सफलता प्राप्त गर्ला त भनेर भनेझै सत्ताधारीलाई पनि यति छिटै यो जनउभार होला र राज्यसत्ता यति छिटै टाकनटुकनमै सकिएला भन्ने थिएन ।

समाजमा धेरै कुराहरू उठीरहेका छन यो आन्दोलन जेनजीले गरेकै होइनन योत अमेरिका, भारत, युरोपेली युनियनले चलाएको हो उनीहरूको उक्साहटमा गरिएको हो भनेर आइरहेको छ । हुनसक्छ कहि कसैको उक्साहटमा र योजनामा नै यो आन्दोलन भएको हुन सक्ला तर आन्दोलन त नेपाली युवा युवतीबाटै भएको कुरामा त दुइमत नहोला नि । मर्ने पनि यहीका नेपाली नै होलान किन यस्तो भयो त अलिकति त ख्याल गरौ , आन्दोलनलाई पनि त बहाना चाहिएला नि त्यत्तिकै त भएन होला । के हामीले यिनिहरूलाइ रोजगारी सृजना गर्न सक्यौ ? शिक्षा, स्वास्थ्य जस्ता विषयमा गम्भीर भएर सोच्यौ ? विदेश पलायन हुनबाट रोकन सक्यौ ? सुसासन दिन सक्यौ ? देशमा उद्योग धन्धाको विकास गर्न सक्यौ ? कसरी मान्छेहरू रहन सक्छन त यसरी? कतै बैकल्पिक उपाय पनि त सोचेनौ । अनि युवाहरू हामीसग कसरी नजिक हुन सक्छन त हाम्रा बिरूद्व लाग्ने नै त भए यो बुझेको विषय पनि हो । राजनीतिक पार्टीले सन्चालन गरेको राज्यसत्ता सस्कारयुक्त गरिएन, विसौ तिसौ वर्षसम्म नेतृत्व आफै लिने काम भयो छोडन मानिएन, आफैले बनाएका नियम कानुन आफै भत्काउन लागियो , नाताबाद, कृपावाद र फरियाबाद जस्ता घिनलाग्दा बिषयलाई छोडिएन, फरक बिचारलाई उठनै दिइएन र अहमताको पारा सधै लिइराखियो, विसौ -तिसौ बर्ष पहिला आफ्ना नेताले गरेको कामको ब्याज असुलिमा लागियो फलत हामी असफल भइयो क्षणभरमै शासनसत्ता गुमाइयो आफू त बेकुफ भइयो नै आफुसगका अरूलाई पनि नामेट पारियो र आफ्नो पुस्ता सगै पछिल्लो पुस्तालाई समेत तहसनहस हुनेगरी नराम्रो अवस्थाको सृजना गराइयो जसका कारण तिमी भएको पार्टीको नाम लिदा पनि जनमानसले धिक्कार्ने भए । पछुताउनुको सिवाय केही बाकी राखेनौ । अझैपनि सोच बिचारमा तल्लिन नभै मनगढन्ते कुरामा स्टाटसहरू लेख्दैछौ फेरि जनतासग टाढिने प्रयत्न गर्दैछौ । सोच बिचार गर र नया बाटोमा हिड जसले तिमिलाइ पनि यहीको नागरिक सम्झि रहोस र तिमिसगका सगी साथीहरूपनि तिमिबाट टाढा नहोउन फलत गलत कामबाट फेरि तिमी सहि ठाममा आउनेछौ र सकारात्मक काममा विश्वसनिय बन्नेछौ । आफ्ना पछि लाग्नेहरूलाई पनि इज्जत भएको ठाउमा पुर्याउनेछौ । घुसपैठ, अर्काले गराएको आन्दोलन अथवा विदेशी डिजाइन भन्नू अब हाम्रा लागि आन्तरिक विषय भए त्यसलाई सोची सम्झी सतर्क हुने अवस्था भयो । आन्दोलन सफल भो नया सरकार बनिसक्यो अब यसलाइ सघाउनु हाम्रो दायित्व हो । बाटो नया बन्यो अब हामीहरू पनि यही नया बाटोमा हिडनुको बिकल्प छैन । फेरि हामी प्रतिपादमा लाग्यौ भने देशमा अर्को आन्दोलनको शुरूवाततिर लाग्यौ भने यो भन्दा कठीन अवस्थामा जान सक्छौ यसर्थ घोषणा भएको निर्वाचन गराइ समयमै अमनचयन कायम गराउने र सबिधानलाइ पूर्णता दिनेतिर लागौ । आन्दोलनका क्रममा भएका कुराहरूलाई लिएर यहाँ विभिन्न कुराहरू आएका छन, साचो पनि के हो भने हिज चप्पल लाएर सिहदरबार छिरेकाहरू आज महलमा बस्छन, पजेरो चढछन, राम्रा राम्रा लुगा लगाउछन, छोराछ‍रीहरूलाइ महङगा स्कुलमा पढाउछन, विदेश घुम्छन यी सबै सम्पत्ति कहाबाट आयो ? यसमा छनबिन हुनपर्छ भन्छन ठीकै हो, कैयौ दु:ख गरेर व्यापार व्यवसाय गरेकाहररूको भन्दा पनि बढी सम्पत्ति कसरी आर्जन भो भनेर सोध्छन ठीकै हो छानबिन गरौ भन्छन गर्नु पर्छ । अनि यसमा के फरक पर्यो र ? सबैको सम्पत्ति छानबिन गरेर गलत गरेको भए राष्ट्रियकरण गर्दा असन्तुष्टी हुनपर्ने किन ? फेरि अर्को पनि कुरा उठेको छ के भने सबै राजनितिक पार्टीका नेताले छोडेर तेस्रो पुस्तामा नेतृत्व दिनुपर्छ भनेर । यो राजनितिक पार्टीको कुरा भयो । कित दलभित्रैका मान्छेहरूको कुरा भयो वर्तमानलाइ लिएर हिडे उनिहरूलाइ नै फाइदा हो भने नलिए आफै पछाडि पर्ने हो तर सबै नागरिकले दलमा हुने कृयाकलापलाई चासो राख्न पाउँछन ।

दलले कसरी आफुलाइ जनमानसमा लैजाने भन्ने कुरा दलले निर्णय गर्ने हो । त्यसभित्र सहि मान्छे छन भने सहि तिर लान्छन गलत छन भने गलततिर लान्छन । परिवर्तनकारि छन भने अग्रगमनमा जान्छन पश्चगमन खाले छन भने पश्चगमनतिरै जान्छनतर कृही सज्जनहरू पनि अल्पमतका कारणले त्यहा रूमलपइरहेका हुन्छन । वर्तमान र भविष्य आफै निर्णय गर्नेछन । तर हो के भने यो अवस्थालाई बुझेर क्रमागत रूपमा नेतृत्व हस्तान्तरण गरेर अर्लि महाधिवेशन गरि सक्षम र योग्य अनि जनमानसमा पच्न सक्ने नेतृत्व निर्माण गर्नु सबै राजनितिक पार्टीको आवश्यकता हो । यो आन्दोलनबाट देशमा केही सकारात्मक प्रवृत्ति देखा परेका छन । भ्रष्ट्राचारमुक्त प्रशासन बनाउने परतिवद्वता, मन्त्रालयको संख्यामा कटौती गर्ने परतिवद्वता, सचिवालय नभै मन्त्रिले काम गर्ने प्रतिबद्वता, तलवभत्ता नखाने प्रतिवद्वता, सिधै सर्वसाधारण पनि उच्च तहको पदाधिकारीकहा पुग्न सक्ने प्रतिवद्वता, जनतालाइ शुसासन दिनि परतिवद्वता, फागुन २१ गते निर्वाचन गर्ने प्रतिवद्वता यस्ता धेरै प्रतिबद्वताहरू आएका छन । यस्तै भयो र जनताले चाहेको कुराहरू भए भने यो सरकारलाइ समर्थन किन नगर्ने ? यो भन्दा बढी के चाहियो त ? यी कुराहरू बर्तमान सरकार सन्चालकहरूमा भर पर्ने कुरा हो । फेरि पुरानै कुरा दोहोरिए, राम्रा र भनेका कुरा भएनन भने फेरि अर्को आन्दोलन हुन्छ गल्ती गर्ने छुट अहिले कसैलाई पनि छैन र हुदैन पनि । नेपाली जनताले धेरै धोका पाइसके फेरिपनि धोका पाउने खोजीमा छैनन होला । कुरा अर्को पनि उठेको छ संविधान मासियो, संविधान लङगडो भयो भनेर । मेरो बुझाइमा के लाग्छ भने यो आन्दोलनले गणतन्त्र र सविधानलाई पुरै सरक्षण गरेको छ । यो भन्दा बढी सरक्षण गर्ने ठाउँ अरू थिएन ।

राजनीतिक दलका मान्छेले भनेको ससदभित्रैबाट प्रधानमन्त्रि बनाउनु पर्थ्यो । ससद बिघटन नगरियोस । मन्त्रिपरिषदबाट भएका निर्णयहरू खारेज नगरियोस यस्ता लम्पट विषयले आन्दोलनको अर्थ रहदैनथ्यो । आन्दोलनले राज्यलाई जितिसकेको थियो । २५ गतेनै उनिहरूले आफ्ना मागहरू प्रस्तुत गरेका भए सबै पूरा हुने अवस्थामा थिए । उनीहरूबाट नै संविधान नमासौ भनेर लागे र २०७२ सालको संविधान जोगिएको छ । केही तलमाथि भैहाल्छन , आन्दोलनका केही सिमा हुदैनन, नगर्ने भनेका कुरा हुन्छन गर्ने भनेका कुरा हुन्नन । यसर्थ २०७२ सालको सबिधानलाइ आन्दोलनकारीले बचाईदिएका छन यसमा हामी सबैले गर्व गर्नुपर्छ । यो संविधान धेरै मेहनत र परिश्रमले बनाएको संविधान पनि हो र यो जनभावना अनुकुल पनि छ त्यसैले पनि जेनजि पुस्ताले यसलाई राम्रो मानेको पाइयो । यो उपलब्धीमूलक पनि हो । आन्दोलन पश्चात् आम नागरिकहरू आ-आफ्नो काममा फर्किएतापनि अझैपनि पूर्णरूपमा शान्त भैसकेको अवस्था छैन । राजनितिक पार्टीहरू आफ्ना भत्किएका घरहरू सफा गर्नतिर लागेका छन भने हिजका सत्ताधारीहरू घुसपैठका कारणले आन्दोलन भयो भनेर सोसल मिडिया मार्फत जनता गुहार्दै छन । व्यापार गर्ने व्यवसायीहरू भौतिक सरचनाको तहसनहसमा र व्यवसाय उचित तरिकाले नचलेकोमा चिन्तित छन । सबै विषयहरू आम नागरिकले नियालीरहेका छन । धेरैतिर सुनिएको कुरा के पनि छ भने यी केटाकेटी (जेनजी) ले आन्दोलन गरेर ल्याएको सत्ता टीकाउन कसरी सक्छन र ? यिनिहरूसग के बुद्वि छर ? खोइ उनीहरू आफै प्रधानमन्त्री भएको बूढो मान्छेलाई प्रधानमन्त्री बनार कसरी चल्छ त ? यस्ता कुरा प्रशस्त बाहिर आका छन । विषय के हो कसरी बुझ्ने ? एकपटक बिचार गरौत हामीले हिज सन्चालन गरेको राजकाज कसरी सन्चालित थियो अनि अहिले कसरी सन्चालित हुदैछ ? हामीले बनाउने मन्त्रीहरू कसरी बनाउथ्यौ र अहिले कसरी बनाका छन ? अहिलेकाले पनि पुरानाकैले जस्तो गरेभने पुराना र नयामा के फरक भयो त ? काम कुरा उहीँ हो मात्रै गर्ने तौर तरिका फरक हो कुरा यत्ति हो । हामीले मेरो मान्छे कहाँ छ कुन मेरो नश्लको हो भन्थ्यौ भने यिनिहरूले बिज्ञापन गरेका छन , हामीले हाम्रो पार्टी र आफ्नो गुणगान गाउने मान्छे खोज्थ्यौ भने यिनिहरूले जनमानसमा पच्ने मान्छे खोजेका छन फरक यत्ति हो । अन्त्यमा कुराले अघाइन्न, भनेर मात्रै पनि पत्याइन्न गरेर देखाउनु सबैको दायित्व हो । यो सरकारलाई फेरिपनि नकारात्मक काम गर्ने छुट छैन सबै राजनितिक पार्टीलाइ पनि यो सरकारलाइ असहयोग गर्ने छुट छैन, बहुदलीय व्यवस्थामा राजनितिक पार्टी बिना देश चल्दैन त्यसलाइ मनन गरेर सस्कारयुक्त राजनिति गरौ, तुसारापातको जालो च्यातौ, विउझौ र सङकल्प गरौ सफा आखाले हेरौ हामी कहा छौ के गर्न उपयुक्त हुन्छ सोचेर गरौ आफ्ना कारणले देश नबिगारौ पछिल्ला र अहिलेका सन्ततिलाइ गलत बाटो नसिकाउ ईतिहासले धिक्कार्छ ।

आन्दोलनले दिएको सन्देश

जुम्लामा ६८ प्रतिशत जमिन खेतीयोग्य

आन्दोलनले दिएको सन्देश

कक्षा १२ को मौका परीक्षा असोज ७

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds