जुम्लामा ६८ प्रतिशत जमिन खेतीयोग्य

गाेल्डेन बुढा
जुम्ला,२ असोज ।
कर्णाली प्रदेशअन्तर्गत पर्ने जुम्लाको ६८.६९ प्रतिशत अर्थात २६ हजार ४ सय ३५ क्षेत्रफल भु-भाग खेतीयोग्य रहेको सरकारी तथ्यांकले देखाएको छ। कृषि विकास कार्यालयका प्रमुख रामभक्त अधिकारीका अनुसार जिल्लाको समग्र भू-भागमध्ये झण्डै दुई तिहाइ हिस्सा खेतीका लागि उपयुक्त छ।उनलेे भने,´ जुम्लाको कुल क्षेत्रफल २ लाख ५३ हजार एक सय छ। कुल खेतीयोग्य जमिनकाे क्षेत्रफल ३८ हजार ४ सय ८६ देखिन्छ।यो भनेको १५.२१ प्रतिशत हो।यस्तै १२ हजार ५१ क्षेत्रफल अर्थात ३१.३१ प्रतिशत खेतीयोग्य जमिन बाँझो छ।भने,३ हजार ६ सय ५० क्षेत्रफल अर्थात १३.८१ प्रतिशत सिंचित जमिन छ।

कृषि विकास कार्यालय जुम्लाका अनुसार २२ हजार ७ सय ८५ क्षेत्रफल अर्थात ८६.१९ प्रतिशत असिंचित पाखाे छ। यस्तै १ लाख ४५ हजार ७० क्षेत्रफल अर्थात ४१.३२ प्रतिशत बनजंगलले ढाकेकाे छ।६६ हजार २ सय १० क्षेत्रफल अर्थात २६.१६ प्रतिशत जमिन चरन क्षेत्र छ।भने,४३ हजार ८ सय ३४ अथवा १७.३२ प्रतिशत जमिन ताल,खाेला,चट्टानले ओगटेको तथ्यांकमा उल्लेख छ।”जुम्लाको भौगोलिक बनावट र मौसमीय अवस्थाले परम्परागत खेतीका लागि अनुकूलता देखिएको छ,” अधिकारीले बताए। उनका अनुसार जुम्लाका परापूर्वकालदेखि नै प्रमुख बालीका रुपमा अन्नबाली, आलु, गहुँ, जौं, मकै, चिनो,काेदाे,कागुनाे,धान,फापर उत्पादन हुँदै आएको छ।तर, खेतीयोग्य जमिन प्रशस्त भए पनि प्रविधिको पहुँच, सिँचाइ सुविधा, र बजार व्यवस्थापन अभावका कारण उत्पादकत्व अपेक्षाकृत कम देखिएको अधिकारी बताउँछन्। “यदि आधुनिक प्रविधि, बीउ व्यवस्थापन, र सिँचाइ संरचनामा सुधार गरियो,भने जुम्ला कृषि आत्मनिर्भर बन्न सक्छ,” उनले थपे।यसअघि जिल्लामा गरिएको एक सर्वेक्षण अनुसार, कुल खेतीयोग्य जमिनमध्ये ठूलो हिस्सा अझै बाँझो रहने गरेको पाइएको छ। श्रमशक्ति अभाव, बसाइँसराइ, र कृषिमा युवाको चासो कम हुनु यसका प्रमुख कारणका रूपमा देखिएको छ। जुन कर्णालीकै सन्दर्भमा महत्वपूर्ण उपलब्धि मानिन्छ। तर यस्तो सम्भावनायुक्त क्षेत्रले अझै पनि अपेक्षाकृत कृषि उत्पादन दिन नसकेकोप्रति विज्ञहरू चिन्तित छन्।“कृषकहरूले प्रविधिमा लगानी गर्न नसक्दा उत्पादकत्वमा वृद्धिको गति सुस्त छ।कृषि विकास कार्यालय जुम्लाका सूचना अधिकारी दिपक सिंह धामीका अनुसार खेतीयोग्य जमिन प्रशस्त भए पनि पर्याप्त सिंचाइ संरचनाको विकास हुन नसक्दा खेती सिँचाइको अभावमा निर्भर रहँदै आएको छ। जिल्लामा साना-साना खोलानालाहरू भए पनि तिनको प्रयोग गरी व्यवस्थित सिंचाइ प्रणाली विकास गर्ने प्रयास न्यून देखिन्छ।“सिँचाइ बिना खेती सुक्खा मौसममा झनै जोखिमपूर्ण हुन्छ। बर्खामा बाढी, हिउँदमा खडेरी, र वसन्तमा असिना–यस्ता जोखिमहरूसँग जुध्दै आएका छौं,” उनलेे बताए।जुम्लामा पछिल्लो दशकमा वैदेशिक रोजगारी र शैक्षिक बसाइँसराइ बढेसँगै खेतीयोग्य जमिन बाँझिने क्रम बढ्दो छ।१८ देखि ४० वर्ष उमेर समूहका युवाहरूको शहर र विदेश पलायनले गर्दा खेती गर्ने जनशक्ति नै न्यून हुन थालेको छ।कृषि विज्ञहरू भन्छन्, “हामीसँग प्रशस्तै मात्रामा छ, बीउ छ, तर उत्पादन गर्ने जनशक्ति छैन।

महिलामात्र खेतीमा छन्। युवा फर्किएर कृषि पेशा अंगाल्न तयार भएमा जुम्ला आत्मनिर्भर हुन सक्छ।”हालै स्थानीय तह तथा गैरसरकारी कार्यालयले कृषि प्रवर्द्धनका लागि केही कार्यक्रमहरू ल्याइरहेका छन्।तर यी कार्यक्रमहरू अझ समन्वययुक्त, दीर्घकालीन योजना र लगानीको अभावमा प्रभावकारी बन्न सकेका छैनन्।कृषि विकास कार्यालय उपलब्ध तथ्यांक अनुसार चालु आर्थिक वर्ष २८०/०८१ तथ्यांक केलाउदा जुम्लाको खाद्यान्न बाली कुल १४ हजार ५ सय ३३ हेक्टर क्षेत्रफल जमिनमा खेती भइरहेको छ।भने,२४ हजार २ सय ३१ मेट्रिकटन उत्पादन भएको देखिन्छ।जसमध्ये धान २ हजार ८ सय ९० हेक्टर क्षेत्रफलमा खेती भइरहेको छ। भने ५ हजार ९ सय ८७ मेट्रिकटन उत्पादन भइरहेको छ।गँहु २ हजार २ सय हेक्टर क्षेत्रफलमा खेती भइरहेको छ।यस्तै मकै ४ हजार ४ सय ५० हेक्टरमा जमिनमा खेती भएको छ।उत्पादन १० हजार ५ सय मेट्रिकटन भएको सूचना अधिकारी दिपक सिंह धामीले बताए।यता काेदाे २ हजार ७ सय ४० हेक्टर क्षेत्रफल जमिनमा खेती गरिन्छ।भने,३ हजार ८ सय ५० मेट्रिकटन उत्पादन भएको तथ्यांकमा उल्लेख्य छ।जाैँ १ हजार ९ सय ३५ हेक्टर जमिनमा खेतीभइरहेको छ।भने, ३ हजार ५ सय १५ मेट्रिकटन उत्पादन भइरहेको छ। फापर १ सय १० मेट्रिकटन उत्पादन भइरहेको छ।

भने ९५ हेक्टर हेक्टर क्षेत्रफलमा खेतीपाती भइरहेको छ।उवा १५ मेट्रिकटन उत्पादन भइरहेको छ।१० हेक्टर क्षेत्रफलमा जमिनमा खेतीभइरहेको छ। चिनाे २ सय हेक्टर क्षेत्रफलमा खेतीपाती भइरहेको छ।भने,२ सय ४० मेट्रिकटन उत्पादन भएको देखिन्छ। कागुनाे १४.३ मेट्रिकटन उत्पादन भएको छ।भने,१३ हेक्टर क्षेत्रफल हेक्टर जमिनमा खेती भइरहेको छ।

जुम्लामा ६८ प्रतिशत जमिन खेतीयोग्य

नगरपालिकामा हप्तौंदेखि एम्बुलेन्स सेवा बन्द, बिरामी मारमा

आन्दोलनले दिएको सन्देश

Leave a comment

Your email address will not be published. Required fields are marked *