नेपालगन्जको जुँगे महादेव मन्दिर निर्माणमा ढिलाइ : साउनमै पूजा प्रभावित हुने हुँदा स्थानीय आक्रोशित

बाँके ,२९ असार।

नेपालगन्ज उपमहानगरपालिकामा निर्माणाधीन जुँगे महादेव मन्दिरको काम वर्षौं बितिसक्दा पनि पूरा हुन नसक्दा स्थानीय शिवभक्त तथा सनातनी हिन्दुहरू आक्रोशित बनेका छन्। आस्थाको केन्द्र मानिने यस मन्दिरको निर्माण कार्य दुई वर्षअघि सुरु भएको भए पनि अझैसम्म ढल्किएको अवस्थामा देखिनु जनताका लागि निराशाजनक बनेको छ।

धार्मिक अगुवा राजकुमार रौनियारका अनुसार, छ महिनाभित्र सम्पन्न गर्ने भनिएको मन्दिर निर्माण कार्यको गति तेस्रो वर्षसम्म पुग्दा पनि निकै सुस्त छ। “साउन महिना सुरु भइसकेको छ, तर मन्दिर अधुरो छ। जनताको आस्थामाथि यसरी खेलवाड गर्नु गम्भीर विषय हो,”उहाँले भन्नुभयो।

साउन महिना विशेषगरी भगवान शिवको आराधना, जल अर्पण र पूजापाठको महत्त्वपूर्ण समय हो। तर, मन्दिरको निर्माण नपुगेका कारण भक्तहरूले यस वर्ष पनि पूजाआजा गर्न नपाउने अवस्था बनेको छ। स्थानीय प्रेम कश्यपले भन्नुभयो, “सनातनी हिन्दुहरू एकजुट नहुँदा हाम्रो आस्थाको संरक्षण हुन सकेको छैन। यो त धर्ममाथिको अपमान हो।”

स्थानियवासीले उपमहानगरपालिका, बागेश्वरी गुठी कार्यसमिति, ठेकेदार कम्पनी तथा राजनीतिक दलहरूको भूमिकाप्रति गम्भीर असन्तुष्टि जनाएका छन्। उनीहरूको आरोप छ— भागबण्डा र बेवास्ताको राजनीति गर्दै निर्माणको ढिलाइलाई निरन्तरता दिइएको छ। मन्दिर छिटो निर्माण गरि कम्तीमा मूर्तिको स्थापना गरी पूजा गर्न सक्ने वातावरण बनाउन स्थानीयवासीले माग गरेका छन्।

“यसपटक पनि जनताको धार्मिक भावनामाथि बेवास्ता गरियो भने जनप्रतिनिधि र मन्दिर समितिले जनआक्रोशको सामना गर्नुपर्नेछ,” धार्मिक अगुवा रौनियारले चेतावनी दिनुभयो।

उपमहानगरपालिकाले भने अहिलेसम्म मन्दिर निर्माणमा भएको ढिलाइको बारेमा कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन। स्थानीयले अब पनि निर्माणले गति नलिए थप आन्दोलन गर्ने चेतावनी दिएका छन्।

नेपालगन्जको जुँगे महादेव मन्दिर निर्माणमा ढिलाइ : साउनमै पूजा प्रभावित हुने हुँदा स्थानीय आक्रोशित

घुँयत्राे : कुलिङ पिरियडै लागू नहुनेगरि शब्द

नेपालगन्जको जुँगे महादेव मन्दिर निर्माणमा ढिलाइ : साउनमै पूजा प्रभावित हुने हुँदा स्थानीय आक्रोशित

नेपालगञ्ज उपमहानगरको १ अर्ब ६४ करोडको बजेट

Leave a comment

Your email address will not be published. Required fields are marked *