नेपालगञ्ज उपमहानगरको १ अर्ब ६४ करोडको बजेट पारित, नीति तथा कार्यक्रम पनि सर्वसम्मत स्वीकृत

बाँके,२९ असार।

नेपालगञ्ज उपमहानगरपालिकाको आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १ अर्ब ६४ करोड ७१ लाख रुपैयाँ बराबरको बजेट सर्वसम्मत रूपमा पारित भएको छ। उपमहानगरको १७औँ नगरसभा अधिवेशनको दोस्रो बैठकले नीति तथा कार्यक्रमसँगै आर्थिक विधेयकहरू पनि अनुमोदन गरेको हो।

नगर प्रमुख एवम् सभा अध्यक्ष प्रशान्त विष्टले वार्षिक राजस्व तथा व्ययको अनुमानसहितको बजेट नगरसभामा प्रस्तुत गर्नुभएको थियो। नगर उपप्रमुख एवम् उपाध्यक्ष कमरुद्दिन राईले असार १० गते पहिलो बैठकमा सो बजेट प्रस्तुत गर्नुभएको थियो।

भवनियापुरस्थित सिटी हलमा आयोजित बैठकमा आर्थिक विधेयक २०८२, विनियोजन विधेयक २०८२, मर्मत–सम्भार विधेयक २०८१ र प्रज्ञा प्रतिष्ठान विधेयक २०८२ पारित गरिएका छन्। प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्माका अनुसार, नगर कार्यपालिकाले गरेका विभिन्न निर्णयहरू समेत बैठकबाट अनुमोदन गरिएको छ।

यसै अवसरमा आर्थिक वर्ष २०८०/८१ को मालपोत प्रतिवेदन पनि नगरसभामा छलफलका लागि पेश गरिएको थियो। बैठकमा विभिन्न सभा सदस्यहरूले आफ्ना धारणा राख्दै नीति, कार्यक्रम र बजेटको कार्यान्वयनमा पारदर्शिता र प्रभावकारिता कायम राख्नुपर्नेमा जोड दिएका थिए।

 

 

 

नेपालगञ्ज उपमहानगरको १ अर्ब ६४ करोडको बजेट पारित, नीति तथा कार्यक्रम पनि सर्वसम्मत स्वीकृत

नेपालगन्जको जुँगे महादेव मन्दिर निर्माणमा ढिलाइ :

नेपालगञ्ज उपमहानगरको १ अर्ब ६४ करोडको बजेट पारित, नीति तथा कार्यक्रम पनि सर्वसम्मत स्वीकृत

तीन महिना अघि जुम्ला पुगेका खानेपानी मन्त्री

Leave a comment

Your email address will not be published. Required fields are marked *