कोहलपुर फायरिङ रेञ्जमा दुई दिन नेपाली सेनाको फायरिङ अभ्यास : स्थानीयलाई सतर्क रहन आग्रह

बाँके, २३ मंसिर ।

कोहलपुर नगरपालिका–२, कौशिलानगरस्थित फायरिङ रेञ्ज क्षेत्रमा दुई दिन नेपाली सेनाको फायरिङ अभ्यास सञ्चालन हुने भएको छ। इलाका प्रशासन कार्यालय कोहलपुरका शाखा अधिकृत अन्तिम सिंजालीद्वारा जारी सार्वजनिक सूचनामा मंसिर २४ र २५ गते फायरिङ अभ्यास हुने उल्लेख गरिएको छ।

नेपाली सेना रणबम गण, बाँकेले पठाएको पत्र अनुसार, उक्त गणमा सञ्चालन भइरहेको सि.सं २४ र २५ युनिट आधार तालिमअन्तर्गतका ४० जना जवानहरूले विहान ७ बजेदेखि रात नबस्नेगरी फायरिङ अभ्यास गर्ने छन्। निर्धारित तालिम प्रक्रियाअनुसार सुरक्षित र नियमित अभ्यासको निरन्तरताका लागि रेञ्ज क्षेत्रमा दुवै दिन तालिम सञ्चालन गरिने प्रशासनले जनाएको छ।

फायरिङ अभ्यास हुने स्थान आसपासका क्षेत्रलाई जोखिमयुक्त मानिने भएकाले सो अवधिभर आवत–जावत नगर्न स्थानीय सर्वसाधारणलाई आग्रह गरिएको छ। विशेषगरी कौशिलानगर आसपासका बासिन्दालाई अनावश्यक जोखिम नलिई सुरक्षित दूरी कायम गर्न, सूचनालाई कडाइका साथ पालना गर्न तथा प्रशासन र सुरक्षातहमा रहेका निकायले दिएको निर्देशनअनुसार सावधानी अपनाउन अनुरोध गरिएको छ।

प्रशासनले आवश्यक सहकार्य र सतर्कताका लागि स्थानीयवासीलाई पुनः ध्यानाकर्षण गराउँदै फायरिङ तारिख र समयसम्बन्धी सूचनालाई गम्भीरतापूर्वक लिन आग्रह गरेको छ।

 

कोहलपुर फायरिङ रेञ्जमा दुई दिन नेपाली सेनाको फायरिङ अभ्यास : स्थानीयलाई सतर्क रहन आग्रह

विचार, निष्ठा र निरन्तरताका मानक– एमाले नेता

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds