. “जेनजीको माग: ‘पहिला कर्मचारी, पछि देश’ — सरकारी फाइलहरू रिटायर्ड कुर्सीमा झरे”
हेल्लाे जेनजी साथीहरु ! तपाईँहरले जजसकाे कार्वाहिकाे माग गर्नु भाछनि हाे त्याे माग अनुसार नेपालकाे फाैजदारी कानुन लगायतका अन्य कानुन अनुसार चाहेभष्टाचारी हाेस या आगजनि , लुटपाट र मान्छे मार्ने घटनाँ संलग्न पान्छेलाई पक्राउलगरेर कार्वाहि अगाडि बढाउने काम पुलिसकाे हाे । नकि गृहमन्त्रीले यल्लाई समात र उल्लाई छाेड भन्ने अधिकारछ । त्यसैले साँच्चिकै अपराधीहरुलाई कारबाहि गराउने हाे भने गृहमन्त्रीसितलकुनै सराेकार छैन ।अभियुक्त समाउने काम पुलिसकाे हाे त्यसैले पुलिसकाे प्रमुख चन्द्रकुबेरले काम गर्न चाहेमा सबै हुन्छ अन्यथा तपाइँहरु स्वयंनै गृहमन्त्री बनेनि पुलिसले साथ नदिए केही हुनेवाला छैन । यद्यपि ऐलेका गृहमन्त्री र पुलिसकाे हाकिम दुबै ओलिका पाटिका मान्छेहरु हुन त्यसैले उनिहरुलाई बिस्तारै तहलगाएरअरु अपराधीलाई कार्वाहिकाे दायराँ ल्याउनु पर्छ । सबैभन्दा पैला ओलिलाई पक्राउ गर्ने भन्ने सर्तले गर्दा नै दुबैजना ( पुलिस र गृहमन्त्री ) काम गर्न तयार छैनन । सम्भब त पुलिसकाे हाकिम त अबकाे केही दिनमा रिटायर्ड हुनेनै छन । त्यसपछि पुलिसमा नयाँ मान्छे ल्याउँदा काम गर्छु भन्ने खालकाेलाई मात्र आईजीपि बनाउन जेनजीले सक्याे भने कार्बाहि गर्नु पर्ने मान्छे सबैमा बिस्तारै लगाम कसिएछि अपराधीहरुकाे त्यसै भागाभाग हुनेछ ।
आन्दोलन भएकाे आज २ मैना भै सक्याे । आन्दोलन सफलभएछि आन्दोलनकारीहरुले अपराधीहरुलाई यतिका दिनसम्मनि कार्वाही चलाउन नसकिने कुराकाे कल्पनासम्मनि गरेका थिएनन हाेला । तर, उनिहरुले भ्रष्ट कर्मचारी तथा सुरक्षा निकायका मान्छेलाई तत्काल निकाल्न नसक्दा परिणाम पुराना आन्दोलनहरु जस्तै भयाे । हिजाेकाे भ्रष्ट सरकारले नियुक्त गरेका उसकै दास कर्मचारीहरुबाट देशमा रहेकाे बेथितिकाे अन्त गर्न खाेजियाे अनि जाे भ्रष्ट र भ्रष्टाचारका मतियारछन तिनले आँफुजस्तै अरुलाई कार्वाहि गर्न सक्ने कुराे भएन फलत उनिहरुनै आन्दोलनकारीलाई घुमाई रहेकाछन । नत भष्टाचारी र अपराधीलाई कार्वाही हुन्छ नत उनिहरु बाटो छाेडेर अरुलाई गर्नदिन तयार छन ।यस्ताे अबस्थामा सरकारनै अन्याेलमाछ । स्वयं प्रधानमन्त्रीकाे आदेश मान्न पुलिस प्रमुख तयार छैन भने उसकाे व्यवहार देखेर अरुलेनि सरकारले भनेकाे मान्ने कुरै भएन । जाे सुकैले गरून् जस्तोसुकै आन्दोलन हाेस आन्दोलन सकिएकाे भाेलिपल्टै नेपालका कर्मचारीहरुकाे पूर्णरूपमा हेर फेर र उनिहरुका संगठनहरु फाल्ने निर्णय नगरेसम्म यिनै कर्मचारीबाट सरकारलाई सहयाेग हुँदैन । जब कर्मचारीले आ आफ्ना दलका झन्डा मुनि बसेर याे ठिक र याे बेठिक भन्न थाल्छन तब कर्मचारी प्रशासन सुध्रिने कुरै भएन । त्यसैले देशमा सुशासन बहालि गर्ने,जेनजीकाे माग पूरा गर्ने र भ्रष्टाचार मुक्त समाजकाे निर्माण गर्ने हाे भने पहिला निजामति कर्मचारी र पुलिस प्रशासनमाथि सख्त भएर उत्रिनु पर्छ । सरकारकाे नियन्त्रणमा नआउने अहिलेकाे जस्ताे कर्मचारी र पुलिसप्रशासनबाट देश परिवर्तन गर्ने सपना हामले देखेका हाैँ भने त्याे सपना कैल्यै पूरा हुन सक्दैन । ४६ देखि पटक पटक भएका आन्दोलनले सरकार त परिवर्तन गर्याे तर सरकारका निकायमा स्थायी रुपमा काम गर्नेहरुकाे चरित्र परिवर्तन भएनन जस्काे कारण उनिहरुले हरेक आन्दोलन पछि सरकारले हिँडने बाटामा तगाराे तेर्स्याउँदै गए ।भष्टाचार ,अनियमितता र बेथितिमा उनिहरुले गरेकाे मलजलले गर्दा कुनै पनि परिवर्तनको अनुभूति जनताले गर्न पाएनन । त्यसकै कारण याे जेनजी आन्दोलन २ दिनमै सफल भयाे तर आन्दोलनले चाहेकाे कुरा अँझै पनि पूरा भएका छैनन ।र ,सम्भबत आन्दोलनकारीहरु अँझै पनि सरकार र उसका निकायले गरेका कामकाे नजिकबाट हेर्ने र खबरदारी नगर्ने हाे भने याे आन्दोलनले नि जनताकाे ईच्छा पूरा गर्न सक्दैन । त्यसैले जेनजीहरुले हरेक कामका परिणामलाई अगाडि राख्दै आफ्नो उद्देश्यमा बढि रहनु पर्छ तब मात्र देश र जनताकाे हित हुनेछ ।परिवर्तनकाे अनुभूति यस्ताे तरिकाकाे काम गराईले हुँदैन । जनताकाे चाहना अनुसार काम नगर्ने पुलिस हाेस कि प्रशासन या मन्त्री सबैसित सख्तरुपमा पेशहुन जरुरीछ ।




