भेरीगंगाका सबै वडामा प्राथमिक कान र आँखा उपचार शिविर सुरु

सुर्खेत ,२१ कार्तिक ।

सुर्खेतको भेरीगंगा नगरपालिकामा स्थानीयवासीलाई निःशुल्क प्राथमिक स्वास्थ्य सेवा नजिक पुर्‍याउने उद्देश्यले प्राथमिक कान तथा आँखा उपचार शिविर सुरु भएको छ।

कार्तिक १६ गतेदेखि मंसिर २ गतेसम्म सञ्चालन हुने यो स्वास्थ्य अभियान नगरपालिकाका १७ वटै वडामा चरणबद्ध रूपमा सञ्चालन गरिने भएको छ। पहिलो चरणको शिविर भेरीगंगा–६ स्थित जनज्योति माध्यमिक विद्यालय, किर्नीमा सुरु गरिएको छ भने अन्तिम शिविर मंसिर २ गते भेरीगंगा–२ सानीमौर (सत्तरी)स्थित सामुदायिक माध्यमिक विद्यालयमा हुनेछ।

शिविरको आयोजना नेपाल रेडक्रस सोसाइटी भेरीगंगा उपशाखाले गरेको हो। कार्यक्रममा भेरीगंगा नगरपालिकाले आर्थिक सहयोग गरेको छ भने ब्रिनोज कान अस्पताल र सुर्खेत आँखा अस्पतालले प्राविधिक सहयोग प्रदान गरेका छन्।

ब्रिनोज कान अस्पतालका आउटरिच इन्चार्ज भीषण कुमार चौधरीका अनुसार, शिविरमा आँखा तथा कान सम्बन्धी उपचार, परामर्श र परीक्षण सेवा प्रदान गरिँदैछ। उनका अनुसार, “नागरिकलाई आधारभूत स्वास्थ्य सेवा उनीहरूको घरदैलोमा पुर्‍याउने यो अभियान प्रभावकारी रूपमा अघि बढेको छ।”

शिविरमा आँखा विशेषज्ञ, कान विशेषज्ञ, स्वास्थ्यकर्मी र प्रशिक्षित स्वयंसेवकहरू सहभागी छन्। कानको चेकजाँच तथा परामर्श सेवा कान सहायक चिकित्सक भीषण कुमार चौधरी र तिर्थमान चौधरीले प्रदान गरिरहेका छन् भने सुमित्रा चौधरी र विजया भट्टराईले आँखाको परीक्षण गरिरहेका छन्।

शिविरमा बिरामीहरूको दृष्टि परीक्षण, कान सुन्ने क्षमता परीक्षण, सामान्य रोगको औषधि वितरणका साथै जटिल समस्या भएका बिरामीलाई विशेषज्ञ अस्पतालमा रिफर गर्ने व्यवस्था गरिएको आयोजकले जनाएको छ।

यस अभियानमार्फत स्थानीय समुदायमा स्वास्थ्य सचेतना र पहुँच विस्तारमा थप योगदान पुग्ने विश्वास गरिएको छ।

भेरीगंगाका सबै वडामा प्राथमिक कान र आँखा उपचार शिविर सुरु

. “जेनजीको माग: ‘पहिला कर्मचारी, पछि देश’

भेरीगंगाका सबै वडामा प्राथमिक कान र आँखा उपचार शिविर सुरु

नेपालगञ्ज विमानस्थलमा अत्याधुनिक ‘टर्मिनल’ भवन

Leave a comment

Your email address will not be published. Required fields are marked *