भ्रष्टाचार नियन्त्रण तथा सुशासन सम्बन्धि पालिका स्तरीय अन्तरक्रिया


सुर्खेतको सिम्ता गाउँपालिकामा भ्रष्टाचार नियन्त्रण सम्बन्धि एकदिने कार्याशाला गाष्ठि सम्पन्न भएको छ । भ्रष्टाचार सम्बन्धि अख्तियार दुरुपयोग अनुसन्धान कार्याालयका शाखा अधिकृत धर्मराज खत्रीले अनुशिक्षण गरेको जनाएको छ ।
स्थानीय तहरुमा भ्रष्टाचार सम्बन्धि प्रवृत्ति आवश्यक कार्यविधि तथा मापदण्ड अनुसार कामकाज नगरेको, उपभोक्ता समितिमा विमाको व्यवस्थापन गर्नु पर्ने तर नगरेको, स्थानीय स्रोत साधनको प्रयोग गर्नुुको सट्टा ह्यवि स्काभेटर डोजर प्रयोग गर्ने गरेको,कर्मचारी नियुक्तिमा मिलोमतो, नजिकैका आफ्तन्तलाई प्रतिस्पर्धा बिनै नियुक्ति दिने गरेको समेत जनाएको छ ।
आफु अनुकुलका कर्मचारी मात्रै राखेर महत्त्वपूर्ण निर्णय गर्नु, सहभागीतामा किर्ते हस्ताक्षर, विभिन्न खाले महत्त्वपूर्ण तालिमको अभाव,कर्मचारीको स्पष्ट कार्यविधि नहुन, आई.ई.ई प्रतिवेदनको नाममा कपि पेष्ट, उक्त प्रतिवेदन परिणामका आधारमा नभइ हचुवाको भरमा हुने कुरा ठाडो बदनियत भएको जनाएको छ ।
नागरिक वडा पत्र नहुनु, हेल्प डेस्क नहुनु, टोकन प्रणाली नहुनु, क्षमताका अधारमा सेवा प्रभाह नहुनु, सार्वजनिक जग्गाको अतिक्रमण, विद्यालय क्षेत्र सम्बन्धि, कृषि क्षेत्र सम्बन्धि, समाजिक सुरक्षा भत्ता सम्बन्धि, राजश्व चुहावट लगाएतका विषयमा जानकारी दिने काम गरिएको छ । साथै समाजिक सेवा प्रबाहलाई सरल वनाउने कुरामा समेत जोड दिएको छ ।
आयोगले दर्ता हुने उजुरीको अनुसन्धान कार्यामा परेका समस्याहरु, सुझाव, गुनासा र अपेक्षा लिने काम समेत गरिएको छ । उक्त पालिका स्तरीय कार्यक्रमको प्रमुख अतिथिका रुपमा सिम्ता गाउँपालिका कावा अध्यक्ष कविराज योगि, विशिष्ट अतिथि प्रमुख प्रशासकिय अधिकृत भलाराम पंगाली,विभिन्न शाखा प्रमुख, वडा अध्यक्ष, कार्याालिका सदस्य, विभिन्न विद्यालयका प्रधानाध्यापक, व्यापारी, उपभोक्त, निर्माण व्यवसायी र अन्य स्थानीयको उल्लेख्य सहभागीता रहेको थियोे ।
सहभागीबाट अख्तियारको विषयमा उठेका सवाल, प्रश्न, सुझावको विषयमा कार्यक्रमका अध्यक्ष तथा आयोगका मंगल वहादुर शाहीले प्रष्ट पार्ने काम गरेको जनाएको छ । कार्यक्रमको सहजिकरण आयोगकै धर्मराज खत्रीले गरेको वताएको छ । सुर्खेतको सिम्ता गाउँपालिकामा हालसम्म ११ वटा मुद्दा रहेको र तिनको निरुपणको काम जारि रहेको समेत जनाएको छ ।






