छोराछोरी छाडेर बेपत्ता, भईन् सम्पर्क बिहिन

दैलेख दुल्लु नगरपालिका–९ घर भई हाल सुर्खेत वीरेन्द्रनगर नगरपालिका–१० मा बस्ने ३३ वर्षकी ज्वालाकुमारी पुरी माघ १२ गतेदेखि परिवारबाट सम्पर्कबिहिन भएकी छिन् ।

उनी आफ्नो बालबच्चालाई पढाउँनका लागि वीरेन्द्रनगर नगरपालिका–१० मा बस्दै आएकी थिईन् । ज्वालाकुमारी र उनका श्रीमान गोरखनाथ योगि ६ वर्ष सम्म भारतको ब्याङ्लोरमा कामको शिलशिलामा बसेका थिए ।

उनीहरु नेपाल आएको एक वर्ष मात्र भयो । आर्थिक अभावकै कारण फेरि उनको श्रीमान भारतको ब्याङ्लोर गएका थिए । बालबच्चालाई पढाउँछु भनी सम्पर्कबिहिन भएकी ज्वालाकुमारी वीरेन्द्रनगर नगरपालिका–१० मा बस्दै आएकी थिईन् । गोरखनाथले भने, ‘उनी माघ १२ गते घरमा दुख परेको छ दैलेख जान्छु भनेर निस्किएकी रहिछिन्, कोठाका तल्ला, माथिल्लाका छिमेकिलाई भनेको रहिछिन् ।’

गोरखनाथ योगिले उनी बेपत्ता भएको खबर २ दिन पछि मात्र खबर पाए । खबर पाउनसाथ उनी ३ दिन, ३ रातमा सुर्खेत आईपुगे । उनी गत शुक्रवार मात्र सुर्खेत आईपुगेका हुन् ।

उनले आफ्नो दुई छोराछोरीको बिचल्ली भयो भन्दै श्रीमतीको खोजिकार्य गर्न आग्रह गरेका छन् । उनले भने, ‘अहिले म सँग केहि छैन् । भएको पाँच लाख र चार तोला सुन लगेर बेपत्ता भएकी छिन् ।’ माघ १२ गतेदेखि हराएको हुँदा खोजतलास गरि पाउँ भनी उनले माघ २१ गते जिल्ला प्रहरी कार्यालय सुर्खेतमा निवेदन समेत दिएका छन् ।

उनले श्रीमती ज्वालाकुमारी पुरीको खोजी कार्यमा सहयोग गरिदिन र भेट्नुहुने महानुभावहरुलाई ९७६४२८८३४९ मा सम्पर्क गरिदिन वा नजिकैको प्रहरी कार्यालयमा बुझाईदिनुहुन आग्रह गरेका छन् ।

 

छोराछोरी छाडेर बेपत्ता, भईन् सम्पर्क बिहिन

सल्यानमा भरूवा बन्दुकसहित एकजना पक्राउ

छोराछोरी छाडेर बेपत्ता, भईन् सम्पर्क बिहिन

दैलेखमा नेकपा एमालेको अध्यक्षमा शाही