नेकपा माओवादी केन्द्र जुम्लाको आठवटै स्थानीय तहमा वैठक तथा प्रशिक्षण

नेकपा माओवादी केन्द्र जुम्लाले ३ महिने कार्य योेजना जुम्ला जिल्लाका आठवटै स्थानीय तहमा वैठक तथा प्रशिक्षण कार्यक्रम गरेको छ । माओवादीले केन्द्र जुम्लाले पार्टीको कार्ययोजना अनुसार चैत १४ गते जिल्ला स्तरीय पाटी वैठक तथा प्रशिक्षण कार्यक्रम गरेको थियो ।
वैठकले ३ महिने अभियान सञ्चालन गर्ने, पार्टी सचिव नविन्द्रराज शर्मालाई चयन गर्ने सहितका विभिन्न निर्णय गरेको थियो । जिल्ला स्तरीय वैठकले तयार पारेको कार्य योजना अनुसार माओवादीले जिल्लाका आठैवटा स्थानीय तहमा वैठक तथा प्रशिक्षण सम्पन्न गरिएका छन् ।
नेकपा माओवादी केन्द्रका जिल्ला सचिव नविन्द्रराज शर्माका अनुसार चैत १५ गते गुठिचौर गाउँपालिका, १६ गते सिजा गाउँपालिका, १७ गते हिमा गाउँपालिका, १८ गते कनकासुन्दरी गाउँपालिका, १९ गते चन्दननाथ नगरपालिका, २१ गते तिला गाउँपालिका, २३ गते पातारासी गाउँपालिका र २६ गते तातोपानी गाउँपालिका वैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएका छन् । माओवादी कर्णाली प्रदेशले जिल्ला संयोजक नवराज न्यौपाने चयन पछि ३ महिने अभियान जुम्लामा शुरु गरिएको छ ।
यस अघि पार्टी रुपान्तरण अभियान चलाएको माओवादीले फेरी स्थानीय तहमा पाटी रुपान्तरण र सृदृढिकरण सहितको सवाल, सरकार र पार्टीले गरिरहेका र गर्नुपर्ने कामका बिषयमा आफ्ना सवाल जनता माझमा राख्ने अगुवा कार्यकर्ता समर्थकलाई प्रशिक्षित गराउने बिषयमा जोड दिईएको छ ।
वैठक तथा प्रशिक्षणमा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज नरेश भण्डारी, वैकल्पिक केन्द्रीय सदस्य लक्ष्मीकन्य बुढा, दलवहादुर जिसी, कर्णाली प्रदेश सहसचिव विरवहादुर कुँवर, जिल्ला संयोजक नवराज न्यौेपाने, सचिव नविन्द्रराज शर्मा सहितका नेताहरुको उपस्थिति रहेको छ ।
माओवादीले थालेको ३ महिने कार्ययोजना अनुसार जनबर्गिय संगठनको २ वटा वैठक सम्पन्न भएको जानकारी दिएको छ । पार्टी संयोजक नवराज न्यौपानेका अनुसार २०८० चैत १५ गते र चैत २५ गते जनवर्गिय संगठनहरुले समेत ३ महिने कार्ययोजना पार्टीलाई पेश गरेका छन् ।
यसैगरी माओवादी केन्द्र जुम्लाको कार्ययोजना अनुसार २०८० चैत २८ गते प्रदेश क र २९ गते प्रदेश ख मा माओवादीबाट निर्वाचित वडाका जनप्रतिनिधिहरु सँग पत्रकार भेटघाट गरिने भएको छ ।





