बाजुरामा जीप दुर्घटनाः दुई जनाको मृत्यु, तीन घाइते

बाजुराको मार्तडीमा आइतवार दिउँसो जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने, ३ जना घाइते भएका छन् ।

मृतकमध्ये कञ्चनपुरको भीमदत्त नगरपालिका–१ की गायत्री भट्टको घटनास्थलमै मृत्यु भएको र राधिका भट्टको जिल्ला अस्पताल बाजुरामा मृत्यु घोषणा गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय बाजुराका डीएसपी दिलिपकुमार गिरीका अनुसार, शिक्षा विकास तथा समन्वय एकाइ बाजुराका प्रमुख रामदत्त भट्टका आफन्त सवार सु प प्र ०१– ००१ च ४३१६ नम्बरको गाडी दुर्घटनामा परेको हो ।

राधिका शिक्षा समन्वय एकाइ प्रमुख भट्टकी श्रीमती हुन् । गायत्री उनका भतिजा बुहारी हुन् । भतिजा मोहनदेव भट्ट र कार्यालयका भान्से रमेश धामी पनि घाइते छन् । धामी बाजुराकै गौमूलका हुन् । मोहनदेवले गाडी चलाइरहेका थिए । अर्का आफन्त लोकेन्द्र भट्ट पनि घाइते छन् ।

भर्खरै बाजुरा सरुवा भएर गएका शिक्षा एकाइका प्रमुख भट्टका आफन्त मन्दिरको दर्शन गरेर फर्किँदै गरको गाडी दुर्घटनामा परेको हो । घाइतेहरूको उपचार जिल्ला अस्पतालमा भइरहेको छ।

बाजुरामा जीप दुर्घटनाः दुई जनाको मृत्यु, तीन घाइते

शैक्षिक अवस्था सुधार गर्न सिकाइ मेला