२०८३ बैशाख १५ गते
×

Now Playing

कनकासुन्दरीको एक होटलमा आगलागी, लाखौँको क्षति


कनकासुन्दरीमा रहेको एक होटलमा अज्ञात समुहद्वारा आगलागी हुँदा लाखौँको क्षति भएको छ । कनकासुन्दरी गाउँपालिका–५ लुड्कुमा रहेको विद्यालय नजिकै गगन बहादुर बुढा सञ्चालन गरेको होटलमा आगलागी गरिएको हो । भिम एण्ड नास्ता होटलमा आगलागी गरिएको छ ।

आगलागी के–कति र कसले गरेको भन्ने कुनै जानकारी नभएको संचालक गगनबहादुर बुढाले बताए । राति होटल बन्द गरेर गरेर सुतिरहेको बेला आगलागी गरिएको हो ।

करिब राति ११ वजे तिर कोही नभएको मौका छोपी आगलागी गरिएको सुनाए । आफु ९ वजे होटल बन्द गरि गाउँको घरमा सुत्न गएको थिए । उनले भने, ‘टु ट्वान्टीको चार लाखको बाइक पूरा जलेर खरानी भएको छ ।’ अन्य भाडाकुडा लत्ताकपडा र काठ गरेर १५ लाख रुपैयाँ बराबरको क्षेती भएको उनले जानकारी दिए । काठ र माटोको छानो भएको चार कोठे होटलमा आगलागी स्थानीय उपेन्द्र न्यौपानेले बताए । उनले भने, ‘नजिकै रहेको गोठिज्युला प्रहरी चौकीले मुचुल्का उठाइ सकेको छ ।’

कनकासुन्दरीको एक होटलमा आगलागी, लाखौँको क्षति

कसरी भयो जग्गा फुकुवाबिनै लिलाम सकार ..

कनकासुन्दरीको एक होटलमा आगलागी, लाखौँको क्षति

ठुलो संख्यामा नेपाली सेनाले माग्यो कर्मचारी