२०८२ फाल्गुन २९ गते
×

Now Playing

क्यान्सर पिडितलाई आर्थीक सहयोग

दक्षिण कोरियाद्वारा क्यान्सर पिडितलाई आर्थीक सहयोग गरिएको छ । भेरीगंगा नगरपालिका–४ मुरलीखोला निवासी वर्ष ३६ का अम्मरबहादुर खड्काको त्री.वी. शिक्षण अस्पताल महाराजगंज काठमाण्डौंमा क्यान्सर उपचार गराई रहेका खड्कालाई ४२ हजार एक सय ८१ रुपैयाँ सहयो गरिएको हो ।

आर्थिक समस्या भएको हुदा उनको थप उपचार को लागि भेरिगंगा नगरपालिका सम्पर्क समिति (सुर्खेत)को नेतृत्वमा कोरियाको विभिन्न कार्यक्षेत्रमा कार्यरत समितिमा आवद्ध युवाहरुले आर्थीक संकलन गरी ४२ हजार एकसय ८१ रुपैयाँ हस्तान्तरण गरिएको छ ।

उक्त रकम अम्मरबहादुर खड्काको थप उपचारका लागि सदुपयोग होस भन्ने उद्देश्यले कार्यसमिति को निर्णय अनुसार बिरामीका परिवारसंग सहकार्य गरी समितिका पूर्व कोषाध्यक्ष राजन बुढाले विरामिलाई अस्पतालमा भेटगरी स्वास्थ्यलाभ को कामना गर्दै उक्त रकम नगद हस्तान्तरण गरेका छन् ।

भेरिगंगा नगरपालिका सम्पर्क समिति (सुर्खेत) दक्षिण कोरियाको सामाजिक दायित्व अन्तर्गत स्थापना कालदेखि नै भेरीगंगा नगरपालिका भित्र स्वास्थ्य र शिक्षामा सहकार्य र सहयोग गर्दै आईरहेको अवगत नै छ ।

त्यसै अन्तर्गत भेरीगंगा सम्पर्क समितिले आर्थिक सहयोग रकम हस्तान्तरण गरीएको जानकारी गराउँदै समितिका अध्यक्ष ओमप्रकाश ओलीले यस अभियानमा सहकार्य गरि सहयोग गर्ने सम्पूर्ण सहयोगी मनहरुलाई हार्दिक धन्यवाद ज्ञापन समेत गरे ।

क्यान्सर पिडितलाई आर्थीक सहयोग

तीन स्थानीय तहमा घट्दै बालविवाह

क्यान्सर पिडितलाई आर्थीक सहयोग

भूकम्प प्रभावित जिल्लामा खोप अभियान सञ्चालन हुने

This will close in 0 seconds