डाेल्पामा जेठ १० गतेबाट यार्सा संकलन खुल्ला गर्ने निर्णय बदर

जाजरकोट : जिल्ला विपत् व्यवस्थापन समिति डोल्पाले जेठ १० गते यार्सागुम्वा खुल्ला गर्ने निर्णय खारेज गरिदिएको छ। जिल्ला समन्वय समिति र सर्वपक्षिय भेलाले गरेको उक्त निर्णय आइतबार बसेको विपत् व्यवस्थापन समितिको बैठकले खारेज गरेको हो।

कोरोना महामारी फैलिँदो अवस्था भएकाले यार्सागुम्वा संकलन खुल्ला गर्न नसकिने ठहर गर्दै समितिले यार्सागुम्वा संकलन कार्य बन्द गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी माधव ढकालले जानकारी दिए।

सुरक्षा अंग तथा अन्य सरोकारवाला निकायले जिल्लाको अवस्था हरेर यो निर्णय लिन बाध्य भएको सशस्त्र प्रहरी बल डोल्पाका डिएसपी सन्तोष सिंहले जानकारी दिए। चोरी, निकासी तथा पैठारी हुने कार्य पूर्णरुपमा बन्द गर्न आफूहरु दिनरात खटिएको र अँझ जिम्मेवारी बढेको उनले बताए।

डाेल्पामा जेठ १० गतेबाट यार्सा संकलन खुल्ला गर्ने निर्णय बदर

ट्वीटरमा नयाँ फिचर, मनपर्ने ट्वीटेलाई नगद सहयोग

डाेल्पामा जेठ १० गतेबाट यार्सा संकलन खुल्ला गर्ने निर्णय बदर

बुवाकै बाटो पहिल्याउँदै सरकारी सेवामा

Leave a comment

Your email address will not be published. Required fields are marked *