ट्वीटरमा नयाँ फिचर, मनपर्ने ट्वीटेलाई नगद सहयोग गर्न पाइने

काठमाडौं । माइक्रो ब्लगिङ साइट ट्वीटरले आफ्नो प्लेटफर्ममा नयाँ फिचर शुरु गरेको छ । ‘टिप जार’ भनिएको उक्त फिचरमार्फत ट्वीटर प्रयोगकर्ताले आफूलाई मनपर्ने कुनै ट्वीटर प्रयोगकर्तालाई नगद टिप दिन सक्नेछन् ।

ट्वीटरको प्लेटफर्ममा अनुपम सिर्जनाहरु पस्किएर संवादलाई जीवन्त राख्नेहरुलाई सहयोग गर्नका लागि नयाँ फिचर सजिलो माध्यम बन्ने ट्वीटरले जनाएको छ ।

तत्कालका लागि ट्वीटरले निश्चित पत्रकार, विज्ञ, गैरनाफामूलक प्रयोगकर्तालगायतका लागि यो टिप प्राप्त गर्न पाउने फिचर शुरु गरेको छ । यद्यपि ट्वीटरको टिप जार फिचरले प्रयोगकर्ताका इमेल ठेगाना लगायतका सूचनाहरु एक्सपोज गरिदिएको भन्दै ट्वीटरको आलोचना भएको छ ।

टिप जार फिचरअन्तर्गत प्रयोगकर्ताको प्रोफाइलमा एउटा सानो आइकन थपिएको छ । तत्कालका लागि यो फिचर मोबाइल प्रयोगकर्ताका लागि मात्र उपलब्ध छ । मोबाइलको ट्वीटर एपमा युजर प्रोफाइलको ड्रपडाउन मेन्यूमा उक्त टिप जार फिचर रहेको छ, जहाँ अनलाइनमार्फत पैसा पठाउने पेपल, भेन्मो तथा क्यास एपलगायतका भुक्तानी प्रदायकहरुको लिंक दिइएको छ ।

यसका साथै टिप जार फिचरमार्फत संगीत क्षेत्रमा लोकप्रिय प्लेटफर्म ‘ब्याण्डक्याम्प’ तथा डिजिटल सर्जकका लागि लोकप्रिय प्लेटफर्म ‘प्याट्रिओन’मा समेत भुक्तानी गर्न सकिनेछ ।

ट्वीटरमा नयाँ फिचर, मनपर्ने ट्वीटेलाई नगद सहयोग गर्न पाइने

एन्ड्रोइडमा सर्वाधिक डाउनलोड हुने एप बन्यो स्पटीफाइ

ट्वीटरमा नयाँ फिचर, मनपर्ने ट्वीटेलाई नगद सहयोग गर्न पाइने

डाेल्पामा जेठ १० गतेबाट यार्सा संकलन खुल्ला

Leave a comment

Your email address will not be published. Required fields are marked *