एन्ड्रोइडमा सर्वाधिक डाउनलोड हुने एप बन्यो स्पटीफाइ

लोकप्रिय अडियो स्ट्रिमिंग एप स्पटीफाइ एन्ड्रोइड प्लाटफर्ममा एक अर्ब भन्दा धेरै पटक डाउनलोड हुने पहिलो अडियो एप बन्न सफल भएको छ । यो सँगै स्पटीफाइ गुगल प्ले स्टोरमा सर्वाधिक डाउनलोड हुने अडियो स्ट्रिमिंग एप बनेको छ । गुगलले आफ्नो अडियो एप बन्द गरेसँगै स्पटीफाई एन्ड्रोइड प्लाटफर्ममा नम्बर वान बन्न सफल भएको हो ।
दुई वर्ष अगाडि गुगल प्ले स्टोरमा ५० करोड पटक मात्र डाउनलोड भएको स्पटीफाइले २ वर्षको अवधिमा दोब्बर प्रयोगकर्ता बटुल्न सफल भएको हो ।
स्पटीफाइका निशुल्क र सशुल्क दुबैथरी संस्करण उपलब्ध छन् । प्रयोगकर्ताले आफ्नो सुविधा अनुसार जुनसुकै भर्सन छनोट गरी अनलाइन म्युजिकको आनन्द लिन सक्दछन् । यसका कूल प्रयोगकर्तामध्ये झण्डै १५ करोड ८० लाख प्रिमियम सब्सक्राइबर रहेको तथ्यांक छ ।






