गुलमोहरले सजिएकाे सुन्दर वीरेन्द्रनगर

सुर्खेत : निषेधाज्ञाका कारण कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको सडक सुनसान छ। त्यही सुनसान सडक छेउछाउमा रहेका गुलमोहर ढकमक्क फलेका छन्।

वीरेन्द्रनगरका कुइनेपानी, घण्टाघर, ईत्रामलगायत विभिन्न ठाउँमा फुलेका गुलमोहरले जो कोहीलाई मोहित बनाउँछ । महामारीले अक्रान्त बनाए पनि ती फूल हेर्दा मनमा उल्लास छाउँछ।

विगतका सालहरु गुलमोहर फलेका बेला फोटो खिच्नेहरुको घुइँचो हुन्थ्यो। तर, यस वर्ष कोरोना महामारी रोकथामका लागि लगाइएको निषेधाज्ञाले सुनसान छ।

 

गुलमोहरलाई फ्रान्समा ‘स्वर्गको फूल’ भनेर उपमा दिइन्छ। वीरेन्द्रनगरका सडक किनारमा फक्रिइरहेका यी फूल नजिक पुग्दा जो कोहीलाई लाग्छ सुर्खेत त स्वर्ग नै हो कि!

 

 

गुलमोहरले सजिएकाे सुन्दर वीरेन्द्रनगर

हावाबाट पनि कोरोना सर्ने, यसरी अपनाउनुहोस् सावधानी

Leave a comment

Your email address will not be published. Required fields are marked *