भारतले संक्रमितकहाँ कोरोना भ्याक्सिन पुर्‍याउन ड्रोन प्रयोग गर्ने

एजेन्सी ।  ग्रामिण भेगमा बसोबास गरिरहेका कोरोना संक्रमितकहाँ भ्याक्सिन पुर्‍याउन भारत सरकारले ड्रोन उपयोग गर्न मञ्जुरी दिएको छ।

त्यहाँको नागरिक उड्ययन मन्त्रालय र महानिर्देशनालयले पहिलो चरणमा तेलंगना सरकारलाई संक्रमितकहाँ भ्याक्सिन पुर्‍याउन ड्रोन प्रयोग गर्न स्वीकृति दिएको हो।

यही महिनाको अन्त्यतिरसम्म यो कामको परीक्षण गरिने तेलंगनाका सरकारी अधिकारीहरूले जानकारी दिएका छन्।

यसअघि इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आइसीएमआर) ले कोभिड भ्याक्सिन पुर्‍याउन ड्रोन उपयोग गर्न शोध अनुमति दिएको थियो। खोप पुर्‍याउने यस्ता ड्रोन उडाउँदा हवाई नियम पालनामा केही छुट पनि दिइएको छ।

स्वास्थ्य सेवामा संक्रमितको सहज पहुँचका लागि र चाँडोभन्दा चाँडो भ्याक्सिन उपलब्ध गराउन ड्रोन उपयोग गर्न लागिएको भारत सरकारले जनाएको छ।

भारतले संक्रमितकहाँ कोरोना भ्याक्सिन पुर्‍याउन ड्रोन प्रयोग गर्ने

गुलमोहरले सजिएकाे सुन्दर वीरेन्द्रनगर

भारतले संक्रमितकहाँ कोरोना भ्याक्सिन पुर्‍याउन ड्रोन प्रयोग गर्ने

पूर्वसचिव रेग्मी लोक सेवा आयोगको अध्यक्षमा सिफारिस

Leave a comment

Your email address will not be published. Required fields are marked *