मुख्य न्यायाधिवक्ताको कार्यालयद्वारा मुख्यमन्त्री आचार्यलाई वार्षिक प्रतिवेदन हस्तान्तरण

दाङ ,१ असोज ।
लुम्बिनी प्रदेशका मुख्य न्यायाधिवक्ता यमलाल खनालले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन मुख्यमन्त्री चेतनारायण आचार्यसमक्ष हस्तान्तरण गर्नुभएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राप्ती उपत्यका देउखुरीमा बिहीबार मुख्य न्यायाधिवक्ता खनालले कार्यालयको वार्षिक कार्यसम्पादन, मुद्दा मामिला, कानुनी राय तथा परामर्शलगायतका विवरण समेटिएको प्रतिवेदन मुख्यमन्त्री आचार्यलाई हस्तान्तरण गर्नुभएको हो ।
नेपालको संविधानको धारा १६० बमोजिम प्रदेश सरकारको मुख्य कानुनी सल्लाहकारका रूपमा मुख्य न्यायाधिवक्ताको व्यवस्था गरिएको छ । लुम्बिनी प्रदेशको मुख्य न्यायाधिवक्ताको कार्यालय २०७५ चैत २ गते स्थापना भएको हो । सुरुमा बुटवलबाट सञ्चालन हुँदै आएको कार्यालय २०७९ मंसिर २८ गतेदेखि प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका देउखुरीमा आफ्नै भवनबाट सञ्चालन हुँदै आएको छ ।
प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८२/०८३ मा सर्वोच्च अदालत, उच्च अदालत, विभिन्न जिल्ला अदालत तथा प्रशासकीय अदालतमा प्रदेश सरकार पक्ष वा विपक्ष भएका मुद्दासहित कुल १८५ मुद्दाको जिम्मेवारी रहेको थियो । तीमध्ये अघिल्लो अवधिबाट जिम्मेवारी सरेर आएका १०५ र आर्थिक वर्ष २०८२/०८३ मा नयाँ दर्ता भएका ८० मुद्दा रहेका छन् ।
कुल १८५ मुद्दामध्ये १०० वटा फैसला भई फछ्र्यौट भएका छन् भने ८५ वटा मुद्दा चालु अवस्थामा रहेका छन् । प्रदेशसँग प्रत्यक्ष सरोकार राख्ने महत्त्वपूर्ण मुद्दा, कर्मचारी प्रशासन, राजस्व तथा योजना कार्यान्वयनसँग सम्बन्धित मुद्दामा कार्यालयले सफलता प्राप्त गरेको प्रतिवेदनमा उल्लेख छ ।
मुख्य न्यायाधिवक्ताको कार्यालयले प्रदेश सरकार वा प्रदेश सरकारले तोकेको अधिकारीलाई कानुनी राय तथा परामर्श दिने र प्रदेश सरकार पक्ष वा विपक्ष भएका मुद्दामा बहस, पैरवी तथा प्रतिरक्षा गर्दै आएको छ । आर्थिक वर्षमा विभिन्न मन्त्रालय तथा प्रदेश सरकारअन्तर्गतका निकायबाट माग भएका कानुनी राय तथा परामर्शसमेत उपलब्ध गराइएको कार्यालयले जनाएको छ । प्रदेशसँग प्रत्यक्ष सरोकार राख्ने महत्वपूर्ण मुद्दा, कर्मचारी प्रशासन, राजस्व तथा योजना कार्यान्वयनसँग सम्बन्धित मुद्दामा कार्यालयले सफलता प्राप्त गरेको प्रतिवेदनमा उल्लेख छ । साथै, मुख्य न्यायाधिवक्ताको कार्यालयले गरेको कारागार अनुगमनसम्बन्धी छुट्टै प्रतिवेदनसमेत मुख्यमन्त्री आचार्यसमक्ष हस्तान्तरण गरेको थियो ।
मुख्य न्यायाधिवक्ताको कार्यालयले आर्थिक वर्षको वार्षिक प्रतिवेदन निर्धारित समयभित्र तयार गरी प्रदेश प्रमुखसमक्ष पेस गरेको जनाएको छ । प्रतिवेदन हस्तान्तरण कार्यक्रममा लुम्बिनी प्रदेशका प्रमुख सचिव विनोदबहादुर कुँवर, सचिव नीता पोख्रेल अर्याल, मुख्य न्यायाधिवक्ताको कार्यालयका सहायक न्यायाधिवक्ता रेगबहादुर बिष्टलगायतको उपस्थिति रहेको थियो ।

मुख्य न्यायाधिवक्ताको कार्यालयद्वारा मुख्यमन्त्री आचार्यलाई वार्षिक प्रतिवेदन हस्तान्तरण

कर्णालीमा ६९ प्रतिशत खेतीयोग्य जमिनमा छैन सिँचाइ

मुख्य न्यायाधिवक्ताको कार्यालयद्वारा मुख्यमन्त्री आचार्यलाई वार्षिक प्रतिवेदन हस्तान्तरण

लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस मनाइदै

Leave a comment

Your email address will not be published. Required fields are marked *