२०८२ फाल्गुन २९ गते
×

Now Playing

भारतको अर्को कोभिड अस्पतालमा पनि आगलागी, १८ जनाको मृत्यु

एजेन्सी । भारतको एक अस्पतालमा आगलागी हुँदा अस्पतालमा सेवारत दुई नर्ससहित कम्तीमा १६ कोभिड–१९ सङ्क्रमित बिरामीको मृत्यु भएको भारतीय अधिकारीहरूले बताएका छन् ।

एशियाली यस मुलुकमा सङ्क्रमणदर उच्च भएपछि स्वास्थ्य सेवा प्रणालीमा समस्या देखिइरहेका समय पश्चिमी राज्य गुजरातको भरुचको चार तलाको अस्पतालमा आगलागी भएको हो ।

स्थानीय समयअनुसार शनिबार बिहान १ बजे आगलागी हुँदा अस्पतालमा करिब ५० अन्य बिरामीहरू थिए। आगो केही समयपछि नियन्त्रणमा आएको थियो । स्थानीय प्रहरी अधिकारी राजेन्द्रसिंह चुडासमाले घटनामा दुई नर्ससहित १८ व्यक्तिको मृत्यु भएको पुष्टि गरे ।

उनले भने, ‘आगलागी अस्पतालको आईसीयूमा रहेको तारमा समस्या आउँदा आगलागी हुनपुगेको प्राथमिक अनुसन्धानबाट थाहा हुन आएको छ।’ उक्त घटनामा अधिकांश व्यक्तिको निसास्सिँदा श्वासप्रश्वासमा समस्या भइ ज्यान गएको बताइएको छ। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुःख व्यक्त गर्दै पीडित परिवारजनप्रति समवेदना प्रकट गरेका छन्‌।

​यसअघि पनि महाराष्ट्रस्थित पालघर जिल्लामा रहेको बसाई अस्पतालको कोभिड सेन्टरमा आगलागी हुँदा आइसीयुमा भर्ना भएका १३ बिरामीको मृत्यु भएको थियो।

भारतको अर्को कोभिड अस्पतालमा पनि आगलागी, १८ जनाको मृत्यु

पानीको स्रोत कब्जा गर्न किर्गिस्तान र ताजिकिस्तानबीच

भारतको अर्को कोभिड अस्पतालमा पनि आगलागी, १८ जनाको मृत्यु

सम्धिको कुटपिटबाट सम्धिकै मृत्यु

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds