सुर्खेतका सामाजिक अभियान्ता दुई जनालाई राष्ट्रिय सम्मान

दैलेख, ८ पुस ।

कर्णाली प्रदेशका दुई चेलीले राष्ट्रिय सम्मान पाएका छन् । नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालयले कर्णालीमा सामाजिक क्षेत्रमा क्रियाशिल सुर्खेतका सामाजिक अभियान्ताद्धय रचना सुनार र सजना सुनारलाई राष्ट्रिय युवा प्रतिभा सम्मानबाट सम्मानित गरेको हो । मंगलवार युवा तथा खेलकुद मन्त्रालयमा आयोजित राष्ट्रिय युवा प्रतिभा सम्मान तथा पुरस्कार वितरण समारोहमा सामाजिक अभियान्ताद्धय रचना र सजनालाई सम्मान गरिएको हो । युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले पुरस्कार सहित राष्ट्रिय युवा प्रतिभा सम्मान गरेका छन् ।

रचना विकास, सशक्तिकरण र सचेतनाका लागि लगानी (आइडिया) नेपालको अध्यक्ष हुन् । उनले अन्धविश्वास, महिला हिंसा, जातीय विभेद, छुवाछुत जस्ता सामाजिक कुरिति र कुसंस्कार विरुद्ध विभिन्न चेतनामुलक अभियानहरु सञ्चालन गर्दै आएकी छिन् । बालन शिक्षण मन्टेश्वरी तथा चाइल्ड केयर सेन्टरको प्रिन्सीपल तथा सह–सञ्चालक समेत रहेकी रचनाले ६० जना भन्दा बढि गरिब र अभिभावक विहिन बालबालिकाहरुलाई पूर्ण र आंशिक छात्रबृतिमा शिक्षा प्रदान गर्दै आईरहेकी छिन् ।

सन २०१२ मा टोल छिमेकमै रहेका बालबालकालिकाहरुलाई संगठित गरेर गठन गरेको बाल क्लब मार्फत सामाजिक कार्यको थालनी गरेकी सुनारले यस अघि किडार्क नेपालद्धारा बेस्ट एनिमेटर अवार्ड, हेयर माइ भ्वाईस अवार्ड, भीममाया स्मृति पुरस्कार, वमन वीथ भिजन अवार्ड र राष्ट्रिय नारी सम्मान प्राप्त गरिसकेकी छिन् ।

राष्ट्रिय युवा प्रतिभा सम्मानबाट सम्मानित सजना कर्णालीमा सञ्चालित बालिका बचाउ अभियानकी संयोजक हुन् । उनि विगत ७ बर्षदेखि स्वयमसेवक रुपमा निरन्तर सामाजिक क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन सक्रिय छिन् । कर्णालीको दैलेख, सुर्खेत र जाजरकोट जिल्लामा सञ्चालित बालिका बचाउ अभियान मार्फत सुनारले स्वयमसेवक रुपमा बालिका सुरक्षा र सशक्तिकरणको क्षेत्रमा क्रियाशिल छिन् । सुनारले कोभिड–१९ को महामारीले समाजको आर्थिक र सामाजिक क्षेत्रमा उत्पन्न चुनौतिबाट सृजित परिस्थितिमा स्वयमसेवक रुपमा कोभिड–१९ र लकडाउनले पारेको प्रभाव सम्बन्धि फेसबुक लाइभ तथा रेडियो प्रशारण अभियान र उत्प्रेरणात्मक तथा सांगीतिक उपचारात्मक अभियान सञ्चालन गरेकी थिइन् ।

उनको नेतृत्वमा सुर्खेतका २५ वटा क्वारेन्टाइन र आइसोलेसनमा उत्प्रेरणात्मक तथा सांगीतिक उपचारात्मक अभियान समेत सञ्चालन भएको थियो । उनले यस अघि अन्तराष्ट्रिय स्वंयमसेवक पुरस्कार २०१७, राष्ट्रिय स्वंयमसेवक पुरस्कार २०२० प्राप्त गरिसकेकी छिन् ।

सुर्खेतका सामाजिक अभियान्ता दुई जनालाई राष्ट्रिय सम्मान

बौद्ध ग्रामीणको दुल्लूमा एकाइ भेला

सुर्खेतका सामाजिक अभियान्ता दुई जनालाई राष्ट्रिय सम्मान

सबै टोलमा विजुली पुरयाएँ

Leave a comment

Your email address will not be published. Required fields are marked *