बाजुरामा ढुङ्गा प्रहार गरी एक जनाको हत्या

बाजुरा ,३ चैत ।
बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका–२ पुडेनीमा ढुङ्गा प्रहार गरी एक जनाको ज्यान गएको छ । पुडेनी बस्ने अन्दाजी ३५ वर्षका सर्वाश बुढाको ढुङ्गा प्रहार गरी हत्या भएको हो ।
सोमबार सोही ठाउँ बस्ने अन्दाजी ४५ वर्षका धनबहादुर महतरा र उनका छोरा अन्दाजी १८ वर्षका हेमराज महतराले सर्वाशको टाउकोमा ढुङ्गा प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे वडाध्यक्ष विष्णुबहादुर बुढाले प्रहरीलाई जानकारी गराएपछि इलाका प्रहरी कार्यालय मुक्तिकोबाट प्रहरी नायब निरीक्षक रवीन्द्र धामीको नेतृत्वमा टोली खटिएको थियो ।

कुटपिटमा संलग्न धनबहादुर महतरालाई घटनास्थलबाटै नियन्त्रणमा लिइएको छ भने उनका छोरा हेमराज महतरा फरार रहेका छन् । फरार व्यक्तिको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ ।
यस्तै, अहिले इलाका प्रहरी कार्यालय बुढीनन्दबाट प्रहरी निरीक्षकको कमान्डमा टोली घटनाको थप अनुसन्धानका लागि खटिएको जनाइएको छ ।

बाजुरामा ढुङ्गा प्रहार गरी एक जनाको हत्या

वीरेन्द्रनगरवासीले कहिले  खान पाउँलान् भेरीको पानी ?

बाजुरामा ढुङ्गा प्रहार गरी एक जनाको हत्या

बैंकहरूले राष्ट्र बैंकमा राखेको रकम फेरि कट्यो

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds