निषेधाज्ञा मात्र थप्दै जाने कि परीक्षणको दायरा पनि बढाउने ?

सुर्खेत, ७ भदौ ।
कोरोना संक्रमणको जोखिम बढेको भन्दै वीरेन्द्रनगर लगायत कर्णालीका चार जिल्लामा निषेधाज्ञा लागु गरिएको छ । सुर्खेतको वीरेन्द्रनगरमा ९ गतेसम्म, दैलेखमा (आज) सम्म, कालिकोटमा १० गतेसम्म, मुगुमा १५ गतेसम्म र जुम्लामा अनिश्चितकालिन निषेधाज्ञा लागु गरिएको छ । पछिल्लो समय जटिल प्रकृतिका विरामी बढेको भन्दै कर्णाली प्रवेशमा कडाइ गरिएको छ ।

कोरोना परीक्षणको पीसीआर रिपोर्ट नेगेटिभ भएमात्रै कर्णाली प्रदेशमा प्रवेश पाउने नियम लगाइएको छ । कर्णाली प्रदेश सरकारले कोरोनाको संक्रमण रोक्न सबै जिल्लाका सुरक्षामापदण्डहरु कडाइका साथ लागु गर्न निर्देशन दिएको छ । तर संक्रमित छ/छैन भनेर पत्ता लगाउने अर्थात कोरोना परीक्षणको दायरा भने बढाइएको छैन ।

सामाजिक विकास मन्त्रालयको तथ्याङ्क अनुसार पछिल्लो ६ दिनमा तीन हजार पाँचसय ६८ जनाको मात्रै पीसीआर परीक्षण भएको छ । जसमध्ये भदौ १ गते ५ सय ६६ जना, २ गते ६ सय ५५ जना, ३ गते चारसय ८१ जना, ४ गते सातसय २० जना, ५ गते एक हजार ए सय सात जना र ६ गते (शनिबार चार सय ३९ जनाको पीसीआर परीक्षण गरिएको हो । जबकी प्रदेशमा एकैदिन दुई हजारभन्दा बढी परीक्षण गर्न सक्ने क्षमता छ ।

कर्णाली प्रदेशका दश जिल्लामध्ये कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (शिक्षण अस्पताल) जुम्ला, दैलेख अस्पताल, प्रदेश अस्पताल सुर्खेत र रुकुमपश्चिमको चौरजहारी नगरपालिकामा कोरोना परीक्षण गर्ने पीसीआर मेसिन छन् । जुम्लामा एकैपटक एक हजार परीक्षण गर्न मिल्ने ठूलो क्षमताको मेसिनसमेत जडान भएको छ । तर परीक्षणको दायर बढाउनको लागि भने रणनीति अपनाइएको छैन ।

समुदायस्थरमा तत्काल परीक्षण गर्नुपर्ने अवस्थामा सामाजिक विकास मन्त्रालयले भने क्वारेन्टाइन बस्ने र विदेशबाट नागरिक घटेसँगै परीक्षण घटाएको तर्क छ । परीक्षण नगर्ने र निषेधाज्ञा मात्र जारी गरेर जोखिम नियन्त्रण नहुने चिकित्सकहरु नै बताउँछन् । निषेधाज्ञाको समयमै परीक्षणलाई पनि तीव्रता दिनुपर्ने विज्ञहरुको सुझाव छ ।

‘राज्यकोषको रकम दुरुपयोग रोक्न परीक्षण बढाएका छैनौं’
कोरोना संक्रमणको जोखिम बढे पनि कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले भने अलमलमा देखिएको छ । कोरोना परीक्षणको दायरा बढाउने वा सामान्य परीक्षण गर्ने भन्ने विषयमा मन्त्रालय अलमलमा परेको हो । सुरुवाती चरणमा पीसीआर परीक्षणको नेतृत्व गर्दै आएको प्रदेश स्वास्थ्य निर्देशनालयले मन्त्रालयबिच परीक्षणको रणनीतिबारे मतभेद देखिएको छ । मन्त्रालयलाई हस्तक्षेप गरेर निर्देशनालयले अगाडि बढ्न थालेको भन्दै परीक्षणको सम्पूर्ण नेतृत्व मन्त्रालय आफैले सम्हाल्दै आएको छ ।

स्वास्थ्य निर्देशनालय स्रोतका अनुसार कोरोना परीक्षणमा खटिने जनशक्ति व्यवस्थापनदेखि कुन मोडलमा परीक्षण गर्ने भन्ने विषयमै मन्त्रालय नै अन्यौलमा छ । तर मन्त्रालयको स्वास्थ्य महाशाखाले भने अनावश्यक परीक्षण गरेर राज्यकोषको रकम दुरुपयोग रोक्न परीक्षण दायरा नबढाइएको बताएको छ । ‘राज्य कोषको रकम दुरुपयोग नहोस् भनेर पोट्रोकल अनुसार मात्रै परीक्षण गरेका छौँ’ मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख बृषबहादुर शाहीले भने,‘व्यवस्थित परीक्षण गरिएका कारण दायरा घटेको हो ।’ यद्यपी २८ आइसोलेसन बलियो बनाउने, बर्खाले भत्कीएका क्वारेन्टाइन व्यवस्थित र होल्डिङ सेन्टरको व्यवस्थापन गर्ने उनको भनाइ छ ।

६ दिनमा एकसय ७३ संक्रमित
भदौ लागेसँगै कोरोना संक्रमितको संख्या उकालो लागेको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको तथ्याङ्क अनुसार ६ दिनको अवधिमा एकसय ७३ जना संक्रमित पुष्टि भएका छन् । संक्रमित मध्ये आधा समुदायस्तरका हुन् । मन्त्रालयको तथ्याङ्क अनुसार भदौ १ गतेदेखि ७ गतेसम्म संक्रमितको संख्या उकालो लागेको हो ।

भदौ १ गते १४ जना, २ गते ६ जना, ३ गते ४३ जना, ४ गते ३३ जना, ५ गते ६२ जना र ६ गते (शनिबार) १५ संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा चार जना, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तीन जना, दैलेख अस्पतालमा दुई जना र चौरजहारी नगरपालिका पीसिआर प्रयोगशाला, रुकुम पश्चिममा गरिएको परिक्षणमा ६ जनामा संक्रमण पुष्टि भएको हो ।

सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले रुकुम पश्चिममा ६ जना, सुर्खेत, दैलेख र जुम्लामा दुई÷दुई जना, नवलपरासी पूर्व, बाँके र बर्दियामा एक/एक जनामा संक्रमण देखिएको जानकारी दिए । योसँगै कर्णालीमा कुल संक्रमितको संख्या दुई हजार दुई सय ४० पुगेको छ । पछिल्लो २४ घण्टामा थप २४ जना कोरोना संक्रमित उपचार पछि निको भएका छन् । योसँगै हाल सम्म कर्णालीमा संक्रमणबाट निको हुनेहरुको संख्या एक हजार नौ सय ६९ पुगेको छ ।

हालसम्म ५१ हजारको परीक्षण
कर्णाली प्रदेशमा शनिबारसम्म ५१ हजारभनदा बढीको पीसीआर परीक्षण गरिएको छ । करिव पाँच महिनाको अवधिमा ५१ हजार तीन सय ७८ जनाको पीसीआर गरिएको कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । कोरोना संक्रमण बढेपछि चैत २० गतेदेखि पीसीआर परीक्षण सुरु भएको हो ।

हालसम्मको परीक्षण अनुसार कर्णाली प्रदेशका दश जिल्लामध्ये तीन जिल्लामा संक्रमण शुन्य रहेको छ । हिमाली जिल्लाहरु डोल्पा, हुम्ला र मुगुमा संक्रमितको संख्या शुन्य रहेको छ । हाल आरडीटी परीक्षणको दायरा घटाइएको छ । विश्वसनियतामाथि प्रश्न उठेपछि आरडीटी परीक्षणको दायरा घटाइएको हो ।

स्वास्थ्यकर्मीको पुनसर््थापना
स्वास्थ्य महाशाखाको बैठकले कर्णालीका दुई सयभन्दा बढी स्वास्थ्यकर्मीको पुनसर््थापना गरेको छ । करार अवधि सकिएको भन्दै गत असारदेखि जिम्मेवारीबाट हटाइएका सबैलाई पुनसर््थापना गर्ने निर्णय गरेको हो । पुनसर््थापना गरिएका सबै स्वास्थ्यकर्मीलाई कोरोनाको जोखिम क्षेत्र र अधिकांशलाई पुरानै स्थापनमा खटाइने स्वास्थ्य महाशाखा प्रमुख बृषबहादुर शाहीले जनाए ।

कोरोना परीक्षणको दायर बढाउन स्वास्थ्यकर्मीहरुको पुनसर््थापना गरिएको हो । करार अवधि सकिएको भन्दै स्वास्थ्यकर्मीहरु जिम्मेवारीबाट हटाउँदा विभिन्न हेल्थडेष्क नै बन्द भएका थिए । कोरोना संक्रमित घटेपछि करार सेवाका कर्मचारीको विदाइ गरेर हेल्थडेष्कहरु बन्द गरिएको थियो ।

निषेधाज्ञा मात्र थप्दै जाने कि परीक्षणको दायरा पनि बढाउने ?

सल्यानको बाढीले गरेको क्षतिप्रति सरकार बेखबर

निषेधाज्ञा मात्र थप्दै जाने कि परीक्षणको दायरा पनि बढाउने ?

बालबालिकालाई स्वअध्ययन अभ्यास पुस्तक वितरण

Leave a comment

Your email address will not be published. Required fields are marked *