नेकपा एमालेका नेता कर्णबहादुर मल्ल पक्राउ

काठमाडौँ, १४ चैत । 
नेकपा एमालेका नेता कर्णबहादुर मल्ल पक्राउ परेका छन् । बलात्कार सम्बन्धी कसुरमा मल्ललाई शनिबार सातदोबाटोबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी होबिन्द्र बोगटीले रातोपाटीलाई जानकारी दिए ।
यसअघि, मुगु घर भएका एमालेका प्रदेश सदस्य मल्लविरुद्ध एक युवतीले जिल्ला प्रहरी परिसर ललितपुरमा बलात्कारको जाहेरी दिएकी थिइन् । बालकुमारीको एक होटलमा आफूलाई मल्लले बलात्कार गरेको उनको आरोप छ ।  पीडितले सुरुमा भ्रुणहत्या गरेको सम्बन्धी जाहेरी ल्याएकी थिइन् भने पछि उनले बलात्कारको जाहेरी ल्याएकी थिइन् । पीडित महिला कालिकोटकी स्थानीय हुन् ।
नेकपा एमालेका नेता कर्णबहादुर मल्ल पक्राउ

पहिचान, इतिहास र संस्कृतिको खोजमा राजवंशी ठाकुर

नेकपा एमालेका नेता कर्णबहादुर मल्ल पक्राउ

नेपालगञ्जमा गृहिणीलाई घरायसी आगो नियन्त्रण तालिम

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds