को हुन् बादी समुदायबाट पहिलो मन्त्री बन्न सफल सीता ?

सुर्खेत, १४ चैत । 
सिता बादी बादी समुदायबाट मन्त्री बन्ने पहिलो व्यक्ति हुन । सुर्खेत वीरेन्द्रनगर नगरपालिका–११ नयाँगाउँकी उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत प्रतिनिधिसभा सदस्य निर्वाचित भएका हुन ।
शुक्रबार भएको सरकार गठनका क्रममा बालेन्द्र शाह नेतृत्वको सरकारमा उनले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी पाएका छन् । वि.सं.२०५२ भदौ २३ गते सुर्खेतम जन्मनुभएकी उनले सुर्खेतको झुप्रा खोलामा बालुवा चालेर आफ्‌नो आमा बाबासँग दैनिकी गुजार्दै आएकी थिइन । उनले पदभार ग्रहण गर्दै भने, “यो स्थानमा पुगिएला भन्ने कल्पनासमेत गरेकी थिइन । किनकी मेरो बिगत र पृष्ठभूमि निकै असहज थियो । परिवार सम्झेर आजको यो पलले मलाई भावुक बनाएको छ ।”
महिला हिंसा, अपाङ्गता भएका व्यक्तिका समस्यालाई नीतिगत तहबाट कानून निर्माण गरी कार्यान्वयन गर्ने र उनीहरुमा परिवर्तनमा आभास गराउने सोच राखेर अगाडि बढ्ने संकल्प गरेको उनले बताए । मूलतः कमजोर आर्थिक अवस्था, शिक्षाबाट बञ्चित, भूमिहीन बादी समुदायका समस्यासहित समाजमा महिला, बालबालिका र ज्येष्ठ नागरिकको हक एवं अधिकारका सवालमा बिगत भन्दा माथि उठेर काम गर्ने मन्त्री बादीको भनाई छ ।
झुप्रा खोला, भेरी नदी किनारमा बालुवा उत्खनन् गरेर जीविकोपार्जन गर्दै आएका उनले भेरीगंगा नगरपालिकाको सत्तरी भन्ने स्थानबाट प्राथमिक तहको शिक्षा लिएकी थिइन । १३ वर्षको उमेरमा पढ्नकै लागि एक संस्थाको सहयोग घर छोडेर काठमाडौँ पुगिन । उनले राजनीतिक शास्त्रमा स्नातकोत्तर तहको उपाधि हाँसिल गरेकी छन् ।
अधिकारकर्मी हिक्मत वादीले सङ्कट बेहोर्दै पटक पटक गरेको आन्दोलन र निरन्तरको सङ्घर्षपछि वादी समुदायको प्रतिनिधित्व गर्दै सीता सङ्घीय सरकारको मन्त्रीपरिषद् सदस्य बन्नु इतिहाँसकै गर्वलायक क्षण भएको बताए । “सदियौंदेखि थिचोमिचोमा परेको भूमिहीन समुदायले अब न्याय पाउने आशा गरेको छु । अब हामी प्रति हेर्ने नजर फेरिने र अवस्था बदलिनेछ”, उनले भने ।
जीवनयापनका लागि खोला, नदी किनार धाउनुपर्ने, कमजोर आर्थिक अवस्थामा शिक्षाबाट बञ्चित, कमजोर स्वास्थ्य अवस्था बदल्न र विभेद, असमानता, गरिबी, बेरोजगारीविरुद्ध स्पष्ट नीति निर्माण गरी कानून बनाएर कार्यान्वयन गर्नतर्फ विशेष भूमिका निर्वाह गर्ने मन्त्री वादीले बताए ।
त्यस्तै मुलुकमा देखिएको व्याप्त भ्रष्टाचार अन्त्य गर्ने, दलितहरुलाई आत्मसम्मानका साथ बाँच्न सक्ने सहज अवस्था निर्माण गर्ने, सेवा प्रवाह सहजता ल्याउने, महिला सशक्तिकरण, दलित अधिकार, बाल संरक्षण, सुशासन, स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राखेर सरकारी तहबाट विशेष जिम्मेवारी पूरा गर्ने र नागरिकहरुको जीवन बदल्ने यात्राको रूपमा राजनीतिकलाई माध्यम बनाउने उनले बताएका छन् ।
कर्णालीका राजनीतिक विश्लेषक तथा नागरिक समाजका अगुवा पिताम्बर ढकालले पिछडिएको भूगोल कर्णाली र त्यसमा पनि समुदायबाट मन्त्री बनेकी सीता बादीको ऐतिहाँसिक सफलता सङ्घीय लोकतान्त्रिक गणतन्त्रको उत्तम अभ्यास भएको बताए । उनले भने, “यो व्यवस्थाको सुन्दर पक्ष भनेकै सीता जस्ता पछाडि परेका समुदाय, भेक, क्षेत्र, जाति, लिंग र धर्मका नागरिकहरुको समानुपातिक र समावेशी प्रतिनिधित्व हो । यसले लोकतन्त्रलाई अँझ बढी बलियो बनाएर लैजान्छ ।”
को हुन् बादी समुदायबाट पहिलो मन्त्री बन्न सफल सीता ?

दैलेखमा भीषण असिनापानीले  करोडौंको अन्नबाली नष्ट

को हुन् बादी समुदायबाट पहिलो मन्त्री बन्न सफल सीता ?

पहिचान, इतिहास र संस्कृतिको खोजमा राजवंशी ठाकुर

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds