दैलेखमा भीषण असिनापानीले  करोडौंको अन्नबाली नष्ट

सुर्खेत, १४ चैत । 
दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिकामा शुक्रबार साँझ परेको भीषण असिनाले करोडौँ रुपैयाँ बराबरको अन्नबालीमा क्षति पुर्‍याएको छ । करिव तीन घण्टासम्म लगातार परेको असिनाले पाक्नै लागेको गहुँ, जौ, केराउ, तोरीलगायतका बाली पूर्ण रूपमा नष्ट भएको चामुण्डाबिन्द्रासैनी नगरपालिका–३, चाम्रेकोटका स्थानीय तिलक तिमील्सेनाले बताएका छन् ।
स्थानीयका अनुसार असिना झण्डै एक फिटसम्म जमेको थियो, जसका कारण खेतबारीमा लगाइएको बाली पूरै थिचिएर नष्ट भएको छ । साथै सुन्तला, कागतीलगायतका फलफूलका बोटबिरुवामा समेत ठूलो क्षति पुगेको छ । स्थानीय धेरै कृषकहरूले वर्षभरको मेहनत एकैछिनमा सकिएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
नगरपालिकाका वडा नम्बर १, २ र ३ मा व्यापक क्षति पुगेको भए पनि वडा नम्बर ३ सबैभन्दा बढी प्रभावित भएको छ । स्थानीय तिमिल्सेनाका अनुसार भित्र्याउने तयारीमा रहेका बाली नष्ट हुँदा खाद्यान्न संकटको जोखिम बढेको छ । ‘भित्र्याउने बेला भएको बाली सबै सखाप भयो, अब के खाने भन्ने चिन्ता छ,’ उनले भने,
त्यस्तै, अर्को कृषक मदन सापकोटाका अनुसार यस वर्ष उत्पादन राम्रो हुने अपेक्षा गरिएको थियो । तर असिनाले एकैचोटि सबै आशा समाप्त पारेको गुनासो गरे । बारीमा लगाइएको अन्न मात्र होइन, फलफूल तथा तरकारी बाली पनि नष्ट हुँदा समग्र कृषि क्षेत्रमा ठूलो आर्थिक क्षति पुगेको आँकलन गरिएको छ ।
सापकोटाका अनुसार करोडौँ रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ । तर, अहिलेसम्म कुनै पनि सरकारी निकायबाट औपचारिक क्षतिको मूल्याङ्कन हुन सकेको छैन । असिनापछि किसानहरू राहत र क्षतिपूर्तिको अपेक्षामा रहेका छन् ।
यता चाम्रेकोटका स्थानीयहरुले सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै तत्काल स्थलगत अध्ययन, क्षतिको मूल्याङ्कन र राहत वितरणको माग गरेका छन् । समयमै सहयोग नपुगे आगामी दिनमा खाद्यान्न अभावसँगै आर्थिक संकट झन् गहिरिने उनीहरूको चिन्ता छ ।
दैलेखमा भीषण असिनापानीले  करोडौंको अन्नबाली नष्ट

तरकारीखेती तथा बङ्गुरपालनमा रमाइरहेकी मनिषा

दैलेखमा भीषण असिनापानीले  करोडौंको अन्नबाली नष्ट

को हुन् बादी समुदायबाट पहिलो मन्त्री बन्न

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds